धरान । जनता समाजवादी पार्टी र एमालेको तालमेलबाट सुनसरी १ मा चुनावी मैदानमा उत्रिएपछि निर्वाचन परिचालन समिति र कार्यालय खोल्ने क्रम बढेको छ ।
यसै क्रममा आइतबार एमाले जसपा धरान उपमहानगर ५ नम्बर निर्वाचन परिचालन समिति र वडा कार्यालय उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राई,प्रदेश सदस्य उम्मेदवार रमेश बस्नेत सहितको उपस्तिथिमा कार्यालय उद्घाटन भएको हो । वडा नम्बर ५ को कार्यालय देउराली वडा प्रहरी कार्यालय सामुन्नेमा स्थापना भएको छ । त्यसैगरी चन्द्र भुजेलको संयोजकत्वमा १५०१ जना दुबै पार्टीबाट निर्वाचन परिचालन समिति घोषणा गरिएको छ ।परिचालन समितिमा सह संयोजक चन्द्र सोताङ सचिब बिजय राई,सहसचिव निशा दाहाल कोषाध्यक्ष सुनिता राई लगायत रहेका छन ।
कार्यालय उद्घाटन गर्दै अशोक राईले स्थानीय तह निर्वाचनमा रहेको तत्कालीन गठबन्धनमा गठ नहुने बन्धन मात्र भएकोले त्यो गठबन्धन तोडिएको बताए । हाल एमाले जसपा तालमेल भएको बताए । साना दल र ठुलो दल नै तालमेल हुने बताए । सुनसरी १ को धरानमा पटकपटक एमालेले जितिदै आएको स्थान भएको बताए । जसपा शक्ति कमजोर भए पनि सुनसरीको तिन वटा क्षेत्रमा जसपाको पकडमा एमालेलाई सघाएको बताए । यसले गर्दा कतै एमालेले त कतै जसपाले सघाएकोले नै त्यो तालमेल भएको स्पष्ट पारे ।
प्रदेश सभा सदस्य उम्मेदवार रमेश बस्नेतले अवको चुनाबपछि एमाले जसपाको सरकार बन्ने बताए । उनले मतदान गर्ने तरिका समेत सिकाउदै प्रतिनिधि सभामा छाता चिन्ह मात्र रहेकोले एमाले जसपा समर्थकले छातामा मतदान गर्न आग्रह गरे । त्यसैगरी प्रदेश सभाको मतपत्रमा सुर्य चिन्ह मात्र रहेको भन्दै जसपा एमाले समर्थकले सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा एमाले र जसपाका स्थानीय तथा शिर्ष नेता तथा समर्थकको उपस्थिति रहेका थिए । सभालाई स्वागत मन्तव्य चन्द्र सोताङले गरेका थिए ।