स्वतन्त्र उम्मेदवार विनिता अर्यालको संघर्षको कथा

काठमाडौ । स्वतन्त्र उम्मेदवार विनिता अर्याल काठमाण्डौँ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ०५ को स्वतन्त्र उम्मेदवार विनिता अर्यालको जन्म सुनसरि जिल्ला धरान न.पा वडा.न १७ वि.स २०47 कार्तिक ०७ गते जन्म भएको थियो।

बसाइसराईको क्रममा काठमाण्डौँ जिल्ला टोखा न.पा  मा वि.स २०६४ फागुन ०५ गते वडा.न.०७ मा स्थायी वसोवासका साथै सामाजिक कार्यमा अभिप्रेरित जिवनमा मन,वचन र कर्मले सामाजिक सेवामा लाग्दै टोखा न.पा.०७ मा नै राजनीतिक, सामाजिक तथा खेलकुदको क्षेत्रका कार्यहरुमा लाग्दै आउँनु भएको छ ।

विनिता अर्याल वि.स २०६२/६३ सालको जनआन्दोलनमा झापा जिल्लाबाट राष्ट्रियताको लागि अभिप्रेरित भई विभिन्न विरोध सभा जन सभा, आन्दोलनमा समेत झापा र काठमाडौमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने वि.स २०६४ चैत्र २८ गते नेपालमा सम्पन्न संविधान सभा र हाल सम्म सामाजिक धेरै कार्यहरुमा समेत अविस्मणिय भूमिका निर्वाह गर्नुभएको थियो। झापा जिल्ला वडा.न ०३ मा रहेको टेक्ररामा २०० घर धुरि परिवारलाई अत्याआवश्यक लत्ता कपडा,कपडा सिलाउने मेसिन, किताब, खाना,कापि कलम तथा अन्य महत्त्वपूर्ण सरसमान  वितरण गर्नुभएको थियो।



उँहाले वि.स २०७२ साल वैशाख १२ गते आएको नेपालको सवैभन्दा ठुलो विपद महा भूकम्प २०७२ वैशाख १२ मा योजना तर्जुमा गरि वैशाख १३ गते देखि माले गााउँ, सातदोबाटो साखु, काभ्रे, गोर्खा लगायत महा भूकम्पले क्षति पुगेको विभिन्न जिल्लाहरुमा कार्य गर्नुभएको छ । त्यस्तै गरि उँहाले आजको समयसम्म पनि पार्टि, पौवा, आदि क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदान, सहयोग , सुधार र विकासका कार्यहरु प्रशंसायुक्त र अविष्मरणिय रहेको छ ! सेवा नै मानव धर्म हो’ भन्दै विनिता अर्यालले विभिन्न संघ संस्थाहरु प्रति समर्प्रित भई काम गर्दै अगाडी बढ्नु भएको छ  ।

श्रीमती अर्यालले मानव सेवा तथा सामाजिक सेवामा बाल्यकालदेखि नै समर्पित भई निरन्तर विभिन्न संघ संस्थाको अध्यक्ष,सल्लाहकार,समाजसेवि,वुद्धिजीवि कै विभिन्न संघ संस्थामा निरन्तर सेवा दिदै आउँनु भएको छ भने यसै रुपमा काठमान्डौँको धापासि न.पा वडा.न ०७ मा रहेको हाम्रो बाल संरक्षण धरोहर नेपालको संस्थापक तथा १० वर्षदेखि निरन्तर अध्यक्ष रहनुका साथै  वातावरण दिवसको अवसरमा बर्षिक वृक्षा रोपण कार्यक्रममा समेत उँहाको महत्त्पपूर्ण भूमिका रहदै आयको छ भने युवा, बृद्द तथा महिलाहरुलाई सिलाई, बुनाई, बियुटिसियन तालिम,आर्ट तालिम त्यसतै बिभिन्न किसिममा सिप मुलक तालिम समाजका बिभिन्न तह र तप्काला  प्रदान गर्दै आउनु भयको छ भने विगतको समय (कोभिड १९) मा पनि उँहाको योगदान प्रेरणादायि स्मर्णिय रहेको छ।

त्यस्तै अग्रज समाजको नेपालको अभियानता, लायन्स क्लब अफ पिंगला स्थानको सचिव रहनुको साथै,एमनेष्टी  इन्टरनेशनल वुमन राईष्ट नेपालको सदस्य समेत रहेको श्रीमती विनिता अर्याल जीवन विज्ञान ग्रिनल्याण्ड योग प्रयोगशालाको प्रशिक्षक समेत रहेकि छन भने धापासि जे.सि.स काठमान्डौँका उपाध्यक्ष समेत रहनु भएकि श्रीमति विनिता अर्यालको योगदानको उच्च मूल्यांकन गर्दै  विभिन्न देश तथा विदेशि संघ संस्थाहरु उँहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मान, पदवि, कदर पत्र, सम्मान पत्र तथा विभिन्न सम्मानहरुबाट समेत सम्मानित गरिएको छ ।

दिर्धकालिन बिकास समाज र देशको  यूगान्तकारि परिवर्तनको वाहकको रुपमा विनिता अर्याललाई लिन सकिन्छ । उनि बिकासको मार्गचीत्र कोर्नसक्ने वैचारिक दृष्टिकोण भएकी यूग यूगान्तकारि विकासप्रेमी सामाजिक सेवामा लाग्दै आएकी यूवा नेता हुन ।यूवालेनै देश बिकास र भविष्यको बारेमा योजना बनाउन सक्ने भएकाले वर्तमान यूवा पुस्ताको ट्ट्कारो खाँचो रहेको छ । त्यसैले यूवा नेता अर्याल अहिलेको नेपाली राजनिति र प्रतिनिधि सभा सदस्यका लागि आवश्यक नेता भएको प्रष्ट  नै देखिएको छ । आम जनताको सेवालाई नै समाजको मूल मन्त्र  मान्ने अर्याल अल नेपाल क्यारेम एशोसिएशन प्रथम अध्यक्ष समेत रहेकी छिन । हाम्रो बाल संरक्षण धरोहर  नेपालको अध्यक्षताको सपत खाई १० वर्ष  को कार्यकाल मा उल्लेखनिय संस्थाप्रतिको काम गरेको कैंयौ उदाहरणहरु देखिन्छन ।  राष्ट्रिय दैनिकबाट प्रकाशित समाचार सुचनाको आधारमा स्थापना भएको आश्रममा ३ जाना बालबालिकाबाट सुरु हाल सम्म ३० जनाले संरक्षण पाएका छन ।
नेपाल सरकारले गरेको होस या प्रदेश सरकारले गरेको होस हरेक मूल्याङ्कनमा सफल राख्नको साथै उनको योगदान देशप्रतिको माया र राष्ट्रिप्रतिको कतब्र्यनिष्ठा नै हो।

बिना योजना कामबाट सफलता प्राप्त गर्न सकिन्न तसर्थ हरेक कामको पूर्वयोजना आवश्यक हुन्छ भन्ने मान्यताका साथ श्रीमती अर्यालले विकास र जनसेवाका लागि आफ्नो दैनिक तालिका क्यालेण्डर बनाएर समय तालीका अनुसार काम गर्ने एक सफल सामाजि व्यक्तित्व समेत रहेकि छिन । निस्वार्थ सेवाभाव, जनमूखि प्रमूख,विकासको काममा तिव्रता, भ्रष्टचार शून्य सहनशिलता, महिला प्रतिको राज्यको उदाशिनता, बालबच्चाप्रतिको दृष्टिकोण, वृद्धहरुप्रतिको राज्यको हेपाहपन प्रवृद्धि लगायतलाई आत्मसाथ गर्दै अहिले उनि प्रतिनिधि सभामा काठमान्डौँ क्षेत्र.न.५ मा उम्मेदवारि दिएकी छिन । काठमान्डौँ जिल्ला  विकासको दृष्टिकोणले अन्य क्षेत्रभन्दा माथि भएतापनि एक कर्मठ  राष्ट्रिय सेवक पाउँन सकेको छैन । तसर्थ विकासका लागि विनिता  अर्यालको योगदानमा काठमान्डौँ क्षेत्र. न. ५ को उचित कार्यन्वयनको लागि आफ्नो उम्मेदवारि दिएको  देखिन्छ ।

देश विकास नहुनुको प्रमुख भोनेकै असल, कूशल , सक्षम र  युवा नेत्तृत्वको अभाव हो। काठमान्डौँ क्षेत्र. न. ५ ले योग्य नेत्तृत्व नपाउँदा यहाँका हरेक स्रोत साधन परिचालनका सहि सदुपयोग हुन सकेको छैन । १५ देखि २० वर्ष लामो शासन सत्तामा पुगेको व्यक्ति केवल निजि स्वार्थमा मात्र रुमलिने गरेका, जनताको कल्यार्णमा कुनै वास्ता नदेखाएको क्षेत्रका विकासको लागि कुनै विकसित योजना नभए सुगम जिल्ला भएर पनि अग्रगामि विकास हुन नसकेको देखिन्छ । त्यस क्षेत्रका मतदाताहरु यस पटक विकासको लागि काँधमा काँध गरि सहयोग र समर्थनमा विनिता अर्याललाई जीताउन लागि परेको देखिन्छ । त्यस क्षेत्रको मतदाताहरु यस पटक सामाजिक सेवाको काममा देशमभै चर्चित बनेकी अर्याललाई उम्मेदवारका रुपमा पाउँदा निकै खुसी भएको र अबका दिनमा काठमान्डौँ क्षेत्र .न.५ को विकासमा तिव्रता आउने बताउँछन।

जनतालाई झुक्याएर पटक पटक चुनाव नीतेका व्यक्तिहरुले विकासका लागि कुनै काम गर्न नसकेको,विकासको कुनै दिर्घकालिन मिसन र भिजन नभएको र केवल आफ्नो केहि आसेपासे, भरौटे र आफ्ना नलनाता र कार्यकर्तालाई मात्र पालनपोषण गरि देशको विकासको कुनै पनि एजेण्डालाई आत्मसाथ नगरेकाले यस क्षेत्र पछि परेको स्थानीयको गुनासो रहेको छ । त्यसैले २०७९  साल मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा पुरानो पुस्तालाई कहिल्यै उठ्न नसक्ने गरि पछार्न पर्ने र विकासका प्राय र सामाजिक विकासको काममा अब्बल विनिता अर्याललाई विजय गराउनु पर्ने स्थानियको भनाई रशेको छ ।

अहिलेको राजनिति भनेको पुरानो परिपाटीलाई  परिवर्तन गरि नँया संवाहकको प्रतिनिधि सभामा गतिशील वैचारिक यूवा नेत्तृत्वको महत्त्वपूर्ण आवश्यक रहेको देखिएको छ । विकसित र समृद्ध नेपालको परिकल्पनालाई अवका यूवा नेत्तृत्वले नै पुरा गर्ने जमर्को गर्ने छन तथा आगामि पुस्ताको शुनौलो भविष्य सुनिश्चित गर्ने जिम्मेवारि पनि यूवा नेत्तृत्वले नै लिनुपर्छ र विकसित नेपालको शुनौलो रुपरेखा तयार पार्दै सबल र समुन्नत क्षेत्र, समानुपातिक विकास, जनताप्रति बफादार सरकार, जनमूखि सेवा प्रभाव, भ्रष्टचारमा शून्य सहनशिलता, शिक्षा,स्वास्थ्य र रोजगारीको प्रबन्ध साथै काठमान्डौँ जिल्ला क्षेत्र.न. ५ लाई नमुना क्षेत्र बनाउनका लागि यस पटक आम समुदायले स्वतन्त्र व्यक्ति, पार्टि र राजनिति नहेरि विनिता अर्याललाई मत दिएर विजय गराउन आजको आवश्यक्ता का साथै देशप्रतिको सच्चा र ईमानदार कतब्र्यनिष्ठा व्यक्तिलाई काठमा्डौ जिल्ला  प्रतिनिधि सभा क्षेत्र.न.५ को उम्मेदवारको रुपमा विनिता अर्याललाई नै भोट दिई अत्याधिक मतले विजय गराई प्रतिनिधि सभा सदस्यमा पुर्याउनु  हुन्छ भन्ने आम जनताले आशा लिएका छन ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५