16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeराष्ट्रियहत्या आरोपमा जोगी पक्राउ

हत्या आरोपमा जोगी पक्राउ

काठमाडौं । दक्षिणकाली मन्दिरनजिकै घाइते अवस्थामा भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एक जोगीलाई पक्राउ गरेको छ ।

विहीबार साँझ उद्धार गरिएका अन्दाजी ४०-४५ वर्षका पुरुषको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । दाउरा र बाँसले टाउकोमा हानेर गम्भिर घाइते अवस्थामा भेटिएका उनको पहिचान खुलेको छैन ।

हत्यामा संलग्न आशंकामा प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा बस्दै आएका शिव गिरी ‘अघोरी’ भन्ने जोगीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments