May 12, 2025, Monday
२०८२ बैशाख ३०Nepal 1:37:26 pm
Trending
nabin rai

एआई सञ्चालन गर्न आवश्यक विद्युत् नेपालले दिन सक्छ- प्रधानमन्त्री केपी शर्मा ओली

२०८२ बैशाख २१, आईतवार ०८:२९

90

एआई सञ्चालन गर्न आवश्यक विद्युत् नेपालले दिन सक्छ- प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ । नेपाल एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सञ्चालनका लागि आवश्यक पर्ने विद्युत आपूर्ति गर्न सक्षम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
विज्ञान प्रविधिको विकाससँगै विश्व एआईकाे युगमा प्रवेश गरिसकेको र यसका लागि आवश्यक विद्युत नेपालले उपलब्ध गराउन सक्ने धारणा प्रधानमन्त्री ओलीले राखे
हामीसँग इलेक्ट्रिसिटी छ । अब तपाईँहरूले स्थापना गर्ने तयारी गरिरहँदा हामी थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईलाई चाहिने हाइड्रो इनर्जी मात्रै होइन, ग्रीन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्छौँ ओलीलेभने ।