May 13, 2025, Tuesday
२०८२ बैशाख ३०Nepal 1:37:26 pm
Trending
nabin rai

नेपाल प्र हरीलाई ह्या कर ‘काजु’को च्या लेन्ज

२०८२ बैशाख २१, आईतवार ०८:३६

85

नेपाल प्रहरीलाई चुनौती दिँदै ‘काजु’ (KAZU) नामक ह्याकरको समूहले दाबी गर्दै थप ८ जीबी डेटा लिक गरेको छ ।
बिहीबार राति डार्क वेब मार्केटप्लेस डार्क फोरममा पोस्ट गर्दै ह्याकरको उक्त समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट
पाएको दाबी गर्दै थप आठ जीबी डेटा सार्वजनिक गरेको हो ।आज, म नेपाल प्रहरीको केन्द्रीय वेबसाइटबाट ह्याक
गरिएको ८ जीबीको संवेदनशील डेटा सार्वजनिक गर्दैछु,” पोस्टमा भनिएको छ, “किन?
किनभने, उनीहरूले जिम्मेवारी लिनुको सट्टा उक्त सुरक्षा कमजोरी भएको कुरालाई अस्वीकार गर्ने र
दोष चाहिँ एउटा असम्बन्धित साइबर क्याफेलाई लगाउने काम गरे ।नेपाल प्रहरीले नागरिकको डेटाको सुरक्षा गर्न नसकेको
र आफ्नो कमजोरी स्वीकार्नुभन्दा त्यसलाई ढाक्ने काम गरेको भन्दै आफूले डेटा लिक गरेको ह्याकरको दाबी छ ।
मैले सार्वजनिक गरेका डेटा जति अस्वीकार गर्दै जान्छौ, म त्यति नै निःशुल्क सार्वजनिक गर्दै जान्छु ।
आफूसँग भएका अरू डेटा सार्वजनिक होस् भन्ने चाहनु हुन्छ कि हुँदैन भन्दै ह्याकरको उक्त समूहले प्रश्न पनि गरेको छ ।