22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedपाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज पुस २८ गते सोमबा ईश्वी...

पाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज पुस २८ गते सोमबा ईश्वी सन् २०२० जनवरी १३ तारिखको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नो कर्मफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले पछि परिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । नया योजना कार्यान्वयनको उपयूक्त समय रहेकोछ भने खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले सकारात्मक उपलब्धिहरु हात पार्ने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको काम गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तर धनधान्यले घर-गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ। व्यापारमा अर्थलाभ हुनेछ। यात्राको प्रक्रियाले भने खर्च बढाउन सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अभविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि कामको चाप बढ्नेछ भने गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। अरूका काममा अमूल्य समय खर्चनुपर्ला। व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments