लोसरसंगै बाह्र बर्गमा बिभाजन गरिएको चन्द्र पात्रो अनुसार ग्रहदशा बारे पनि जानकारी पाईन्छ।चन्द्र पात्रोको खगोल शास्त्र अनुसार १२ वर्गमा बिभाजित मानव समुदायमा वर्ष भरिको शुभाशुभ फल जान्न आवस्यक हुन्छ। पहिलो वर्ष झिव ( मुसा),हुदै क्रमश लाङ( गोरु),ताघ(बाघ),योइ(खरायो),ड्रुक(गरुँड),डुल(सर्प),ता (घोडा),लुक (भेँडा),टि(बाँदर),झ्य (चरा),खि( कुकुर),फाक(सुँगुर) गरि एक चक्र हुन्छ।
यस वर्ष १२ बर्ग पूरागरि नयाँ चक्र शुरु भएको छ।यस वर्ष १२ चक्रको पहिलो बर्ग मुसा बर्ग शुरुआत भएको छ। यस वर्ष च्या (फलाम तत्व) फो (पुरुष) झिव (मुसा) बर्ग शुरु भएको छ।यस वर्षभरी कुन कुन बर्गलाई कस्ता कस्ता शुभाशुभ फल तथा ग्रहदशा चलेको यस बारे जान्न जरुरी छ।र,त्यसता खाले दोषलाई कसरी हटाउने भन्ने पनि ज्ञान सबैमा आवस्यक छ।लोसरसंगै १२ बर्गमा रहेका मानिसलाई केकस्ता ग्रह चलेको छ त्यो तपसिलमा उल्लेख गरिएको छ।
चालू फलाम – पुरुष- मुसा वर्ष अबधी भरी
️प्रभाव पार्ने विभिन्न ठुलादशाहरु र ती ग्रह दशालाग्ने बर्गहरु निम्न छन:-
मुसा बर्ग (झिव लो)🐁🐀🐁🐀🐁🐀🐁मुसा वर्ष-यस वर्ष मुसा बर्गलाई 🐭🐭🐭🐭🐭🐭🐭(राङ्केग ,स्व ग्रह )चलेको छ।यसरी चलेको स्व ग्रहबाट जोगिन यस्ता सावधानी अपनाउनु पर्नेछ।
यस वर्ष भरी सम्पुर्ण मुसा वर्से मानिसहरुलाई निम्नलिखित ️कुरामा सतर्कता अपनाउनु पर्नेछ।
⏩️✡️विरामी भेट्न जानू हुदैन।
⏩✡️️विरामिको स्याहार गर्नु हुदैन।
⏩️✡️घर निर्माण कार्य गर्नु हुदैन।
⏩️✡️स्वास्थमा समस्या आउने छ।
⏩️✡️धनको सह जाने छ।
⏩️✡️विवादको आरोप सामना गर्नु पर्नेछ।
⏩️✡️आकस्मिक दुर्घटनामा पर्न सक्नेछ ।
⏩✡️️दुख, पीडा ,शोकले सताउने छ।
घोडा बर्ग( ता लो)-🐴🐴🐴🐴🐴️घोडा वर्षलाई
🐎🐎🐎🐎🐎दुन्श्हुर (सप्तकोणी)शनि ग्रह चलेको छ।यो वर्षको मानिसको लागि तलको कार्यबाट टाढा बस्नु होला।
▶️☯️पारिवारिक झैझगडा हुने छ।
▶️☯️स्त्री विवादमा फस्ने छ।
▶️☯️पुरुष विवादमा फस्नेछ।
▶☯️️मनको सन्तुलन गुम्न सक्नेछ ।
▶️☯️चिताएको नपुग्ने छ।
▶️☯️थप जिम्मेवारी आउने छ।
▶️☯️अनावश्यक व्यक्तिको सङ्गतमा फस्ने छ।
▶️☯️विदेश यात्रा असफल हुने छ ।
ड्रागन बर्ग ( डुक लो), बाँदर बर्ग (टि लो)🐲🐲🐲🐒🐒🐒🐒ड्रागन र बादर वर्षकोलाई
🐲🐲🐲🐵🐵🐵🐵थुन्सुम( त्रिकोण घाती उल्का ग्रह) चलेको छ।
यो दुई वर्षको मानिसहरुलाई तलको दोष लाग्ने छ।
⏩️🔻मुद्दा मामिला र झगडामा होमिन सक्छ।
⏩🔻️मृतकको कार्यमा गए बिरामी हुने छ।
⏩🔻मरेको लास र हिंसात्मक घटना बाट टाढा रहनु।
⏩🔻मनमा कुरा बढी खेल्ने छ।
⏩️🔻मन अशान्त हुने छ।
⏩️🔻पढाईमा बाधा आउने छ।
⏩️🔻बसाइँसराइ गर्दा समस्यामा फस्ने छ।
⏩️🔻लामो यात्रा गर्दा समस्या आउने छ।
खरायो बर्ग (योइ लो) र (झ्य लो)– चरा वर्षलाई 🐇🐰🐇🐰🐦️🐦️🐦️🐦️खरायो र चरा वर्षलाई 🐔🐔🐔🐇🐇🐇शिश्हे (चतुर्घाती नक्षत्र ग्रह)चलेको छ।
यो दुई वर्षकोलाई तलको दोष लाग्ने छ।
▶️💠बिवाह नगर्नु।
▶💠️मित्रहरू नबनाउने
▶💠️बिदेश यात्रा असफल हुनेछ।
▶️💠व्यापार नथाल्नु होला।
▶💠️बसाइँसराइ नगर्नु।
▶💠️जग्गा जमिनको कारोबार नगर्नु।
▶️💠अति हानिकारक हुने छ।
यी माथिको बर्षमा जन्मेको मानिसहरुले सजक भएर अनुभवी लामा गुरुबाट उक्त दोष हटाउने पुजा गरि काम सफल पार्न सक्नु हुनेछ।
-चिपा लामा ङावाङ जिन्पा राजेन्द्र स्याङ्बो
धरान १५
९८०५३५३३४५
९८४२०९०४६१