डेंगुबाट सुरक्षित रहने उपायहरु
डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ ।
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन् ।
निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन् ।
डेंगु फैलाउने लामखुट्टे र रोगको पहिचान समयमै गर्न सके प्रकोप तथा संक्रमित जटिल अवस्थामा जानबाट रोक्न सकिने डा शेरबहादुर पुन बताउँछन्। डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा उनी जोड दिन्छन्।
वर्षायाम सकिएपनि डेंगुको जोखिम कायमै छ। त्यसैले डेंगुबाट सुरक्षित रहन विभिन्न उपायहरु अवलम्बन गर्न जरुरी छ। विभिन्न १० उपायहरु यहाँ प्रस्तुत गरिएको छ:
१. लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने
२. शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने
३. घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने
४. बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
५. खाली भाँडाकुडा घोप्टाएर राख्ने
६. खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
७. पानीको नाली, ढल, पोखरीमा हप्ताको दुई दिन डढेको मोबिल वा मट्टितेल छर्कने
८. कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने।
९. पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने
१०. घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने