अशोक राई सहित जनप्रतिनिधिले मेयर साङ्पाङलाई भेटे,खानेपानी र कोशि राजमार्गमा चासो
धरान । नव निर्वाचित प्रतिनिधि सभा सदस्य अशोक राई प्रदेश सभा सदस्य रमेश बस्नेत र बिजय राई सहितको टोलिले मेयर हर्क साङ्पाङलाई भेट गरेको छ ।
बुधबार मेयरको कार्यकक्षमा तिनै जना जनप्रतिनिधिले मेयरलाई भेट गरेको हो । भेटमा प्रतिनिधि सभा सदस्य अशोक राईले धरानमा खानेपानीको समस्या समाधान,कोशि राजमार्ग र मदन भण्डारी राजमार्गको बिषयमा चासो लिएका थिए । यस बिषयमा मेयर साङ्पाङले हाल निर्माणाधीन मदन भण्डारी राजमार्गमा सात वटा घर भत्काउनुपर्ने अवस्था आएको जानकारी दिए । बुधबार नै मेयर साङ्पाङ कोशिको पानी धरान ल्याउनको लागि भनेर बराहक्षेत्र नगरपालिका पुगेर मेयरसंग सहकार्यबारे छलफल भएको छ ।
प्रदेश सभा सदस्य रमेश बस्नेतले कोशि राजमार्ग परियोजनाको अवधि सकिने अवस्था रहेकोले यसलाई तिनकुनेबाट अघि बढाउनुपर्ने बताए । हाल तिनकुनेसम्म मात्र राजमार्ग बिस्तार भएको भन्दै धरान बजार भित्र छिटो सडक बिस्तार गर्नुपर्ने बताए । परियोजनाको समयावधि अति कम भएको भन्दै प्रदेश सदस्य बस्नेतले चिन्ता व्यक्त गरे । उअन्ले उपमहानगरको यति ठुलो बजेट नहुने भन्दै छ लेन नभए पनि चार लेन भए पनि लानुपर्ने बताए ।
तिनकुनेसम्म आएको कोशि राजमार्ग बिस्तार बजार एरिया घर भत्किने भएपछि अगाडि बढ्न सकिएको छैन । आयोजनाको म्याद अन्तिमसंगै मेयर हर्क साङ्पाङले पनि सामाजिक संजालमा बाटो बिस्तार गर्न घर अलि अलि ताछ्ने जसका लागि लोभ नगर्न भनेर संकेत गरिसकेको छ ।
नब निर्वाचित प्रतिनिधि सभा सांसद अशोक राई प्रदेश सभा सदस्य रनेश बस्नेत र बिजय राईले धन्यवाद र्यालि सकेपछि मेयर साङ्पाङलाई भेट गरेको हो । अशोक राई काठमाडौ जानुपर्ने भएकोले पनि अग्रीम चासो लिएको र परियोजना सम्बन्धि चासो लिएको हो । न्व निर्वाचित तिनै जनालाई उप मेयर आइन्द्र बिक्रम बेघाले खादा लगाएर बिदाई गरे ।