धरानको मेयर पदका लागि समाजवादी सहित २३ जनाको उम्मेदवारी
निमा पोङ्स्युवा
धरान / आगामी मंसिर १४ गते हुनगैरहेको उपनिर्वाचनको लागि धरान उपमहानगरमा मेयर पदको लागि समाजवादी सहित २३ जनाको उम्मेदवारी परेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार मेयर पदमा समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बूले बिपिन इवारमको प्रस्तावक रहि बिना पुमाराईको समर्थनमा मेयर पदको उम्मेदवारी दिएका हुन।
नेपाली कांग्रेसबाट मेयर पदमा तिलक राई, उनको प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् भने समर्थकमा हरिनाथ बास्तोला रहि उम्मेदवारी दर्ता गरिको छ ।
नेकपाबाट प्रकाश राईले उनको प्रस्तावकमा इन्दु राई समर्थकमा मञ्जु भण्डारी सुवेदी रहि उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्माले पनि मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(माले)बाट एकराज सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी(लोकतान्त्रिक)बाट भीमबहादुर लिम्बू र आमुल परिर्वतन मसिहा पार्टीबाट छत्रबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
धरानको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, विशाल थापा, हर्कराज राई, निदेश श्रेष्ठ ऐलिसा राई, कुमार भटराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई र रुद्र बस्नेत रहेका छन् ।
धरानमा वडा नमबर ७ मा पनि रिक्त पद रहएकोले वडाअध्यक्षमा ४ जनाले मनोनयन दर्ता गराएका छन। नेकपाबाट जीवनराज सुवेदी नेपाली कांग्रेसबाट सुवर्णमोहन पलिखेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट निता राईले अध्यक्ष पदमा मनोनयन दर्ता गराएको कुरा निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।