मृगौला रोगी सपनालाई नौ लाख सहयोग
निमा पोङ्स्युवा
धरान / लकडाउनको अवधिमा दुबै मृगौला काम नलाग्ने निदान भएकी सपना ताक्मादेन लिम्बुलाई नौ लाख आर्थिक सहयोग उपलब्ध भएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ धरानमा पत्रकार सम्मेलन गरेर थप चार लाख पच्चीस हजार हस्तान्तरण गरेको छ। सपना ताक्मादेनका आमा नबिता ताक्मादेन र बुबा तेजप्रसाद ताक्मादेनलाई हस्तान्तरण गरेको छ।धरान उपमहानगर वडा नम्बर १९ का वडा अध्यक्ष पुर्ण लिम्बुले हस्तान्तरण गरेका हुन। देउमान लिम्बुको नेतृत्वमा विभिन्न संघ संस्था तथा बिदेशमा समेत संपर्क गरेपछि संकलित उपचार सहयोग उपलब्ध गराएको हो।
ताक्मादेन समाजबाट ४ लाख ६० हजार ९३५,देउमान लिम्बुचतुरमान लिम्बू संयोजक रहि युके क्यानडा र जर्मनिबाट ३ लाख ११ हजार रुपैया, देउमान राधिका बिखिम लिम्बुको संयोजकमा हंकन्ङबाट ८९ हजार १९५ रुपैया,संघीय लिम्बुवानबाट १४ हजार ६७० रुपैया ,लाजेस रामलक्षमन टोल बिकासबाट ४३ हजार २४० रुपैया भारतिय भुपु सैनिकबाट ६ हजार होप धरानबाट २५ बराबरको नगद जिन्सी त्यसैगरी राकेश खड्गी होप धरानका उपाध्यक्षले जन्म दिनको खर्च ११ सय रुपैया प्रदान गरेको छ।
सपनाको हालसम्म नागरिकता प्रमाणपत्र बन्ननसक्दा सरकारी सेवाबाट बन्चित भैरहेको छ।उनको नागरिकता आइतबार बन्ने भएको छ। दुबै मृगौला ७० प्रतिशत काम नलाग्ने भएकोले भए पनि हालसम्म डाईलोसिस भने गरिएको छैन।जस्का लागि तयारी रहन भनेसंगै मृगौला नै प्रत्यारोपण गर्न पनि तयारी रहन चिकित्सकले सुझाब दिएको बताए। मृगौला फेर्नको लागि उनकै श्रीमानले नै दिने भएपछि त्यस्को तयारी समेत भएको बताए।
घरबार समेत नभएको हाल उनिहरु धरान १४ स्थित नरसिंह मन्दिरको कुटिमा बस्दै आइरहेका छन।