ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न
बिश्व श्रमदिवसका दिन ओखलढुंगा एकता सेवा समाज मलेशियाले बिश्वब्यापी कोरोना त्रासले प्रत्यक्ष भेटघाट उपस्थिति हुन असम्भव रहेको कारण भर्चुअल (Zoom) मार्फत महाधिवेशन सम्पन्न गरेको छ ।
महाधिवेशन कार्यक्रम संस्थाका अध्यक्ष हिरालाल दयालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो भने संस्थापक शिव कुमार घिमिरे (नेपालबाट) कार्यक्रमको प्रमुख अतिथी रहनु भएको थियो।
विशिष्ट अतिथी प्रदिप घताल (नेपालबाट)अतिथि जीवन श्रेष्ठ (नेपाल बाट) अतिथि भुपाल कार्की (नेपालबाट) अतिथि दिपक के सी (नेपालबाट) अतिथि सुजन घिमिरे (नेपालबाट) अतिथि निराजन खतिवडा (नेपालबाट) अतिथि दिल बिरही कान्छा लगायत मलेशिया सस्थाका पदाधिकारीहरु सुरेन्द्र श्रेष्ठ , राज सुनुवार, रमेश तामाङ, टिकाराम दर्जी, यादव कुमार खत्री, सुबास श्रेष्ठ, कुमार दयाल, भिम ब. मगर, तिलक मगर, इन्द्र सुनुवार, रुद्र धमला, जितेन्द्र धमला, डम्बर चौलागाईं, सुनिल बुढाथोकी, दिल कुमार मगरको उपस्तिथि रहेको थियो ।
कार्यक्रम संस्थाका सचीव डम्बर चौलागाईंबाट संचालन सुरु गरिएता पनि भुपाल कार्कीले कार्यक्रम लाई निरन्तर संचालन गर्नु भएको थियो ।
राष्ट्रिय गित बजाएर कार्यक्रम सुरुवात गरिएको थियो भने संस्थाका प्रमुख सल्लाहकार राज सुनुवारले कार्यक्रमको स्वागत मन्तव्य राख्नु भएको थियो । पुर्वसमितिले गरेको काम र कार्यकाल समिक्षा संस्थाका सचीव डम्बर चौलागाईंले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको अहिलेसम्मको आर्थिक विवरण संस्थाका सह-कोषाध्यक्ष कुमार दयालले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा अतिथि र उपस्थित सबैले मन्तव्य राख्नु भएको थियो भने दिल बिरही कान्छाले मुक्तक राख्नु भएको थियो ।
त्यस्तै दिपक केसीले आफ्नो रचना कविता वाचन गरेर कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनु भएको थियो।
संस्थाका अध्यक्ष हिरालाल दयालले आफ्नो दोश्रो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण समिति सदस्य मित्रलाई धन्यवाद ज्ञापन गर्दै समिति भंग भएको घोषणा गर्नु भए संगै संस्थाका उपाध्यक्ष श्री सुरेन्द्र श्रेष्ठ ज्युको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ।
ओखलढुंगा एकता सेवा समाज मलेसिया को अधिबेशनमा बन्ने नयाँ समिति
१, सुरेन्द्र श्रेष्ठ (अध्यक्ष )
२, डम्बर चौलागाईं (प्रथम उपाध्यक्ष )
३, सम्झो शेर्पा (महिला उपाध्यक्ष)
४, सुबाष श्रेष्ठ (दुतिय उपाध्यक्ष)
५, जितेन्द्र धमला (सचिव)
६, सुनिल बुढाथोकी (सहसचिव)
७, रमेश तामाङ (कोषाध्यक्ष)
८, रुद्र प्रसाद धमला (सह-कोषाध्यक्ष)
सदस्य
९, ज्ञानेन्द्र राई
१०,सिताराम गदाइली
११, कुमार चौलागाईं
१२, भिम बहादुर मगर
१३, सानू माया मगर (महिला)
१४, निशा राई
प्रचारप्रसार
१५, टिकाराम दर्जी (प्रमुख)
सल्लाहकार
१६, यादव कुमार खत्री (प्रमुख सल्लाहकार)
१७, दिल कुमार मगर (सल्लाहकार)
१८, इन्द्र सुनुवार (सल्लाहकार)
१९, घनश्याम अधिकारी (सल्लाहकार)
कार्यक्रमका उपस्थित अतिथिहरुबाट नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो भने पुर्व अध्यक्ष हिरालाल दयालले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो।
उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञानपन गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम सभापतिबाट समाप्त गरिएको थियो।