25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeअन्तरराष्ट्रियकिताब लेखेर ४ वर्षको उमेरमै बालकले बनाए कीर्तिमान

किताब लेखेर ४ वर्षको उमेरमै बालकले बनाए कीर्तिमान

संयुक्त अरब अमिरात (यूएई) का सईद राशेल अलमहैरी पुस्तक प्रकाशित गर्ने सबभन्दा कान्छा उमेरका व्यक्ति बनेका छन् ।

जम्मा ४ वर्ष २१८ दिन पुगेका सईदले दी एलिफेन्ट सईद यान्ड द बीयर नामक बालपुस्तक निकालेका छन् । उनको किताब १ हजार प्रतिभन्दा बढी बिकिसकेको बताइएको छ ।

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले उनको कीर्तिमानलाई गत मार्च ९ मा प्रमाणित गरेको छ ।उनको पुस्तकमा करुणा तथा दुई पशुबीचको अनपेक्षित मित्रताको कथा छ ।

उनकी दिदी अलधाबीले ८ वर्ष २३९ दिनको हुँदा दुईवटा भाषाको पुस्तक प्रकाशन गरी अर्को गिनिज कीर्तिमान बनाएकी छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments