एनआरएनएको ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा हुने
काठमाडौँ । एनआरएनएको ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा हुने भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले युके, अमेरिका, जापान र युएई राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्रिलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरूलाई आग्रह गरेको छ । यस्तै बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपाध्यक्षहरुको समन्वयमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
यस्तै बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकी राष्ट्रिय समन्वय समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकी पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधान अनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेकोे छ ।
बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा हेम राज शर्माको संयोजकत्वमा गठित समितिलाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले स्मार्ट एनआरएन कमिटीको संयोजकको जिम्मेवारी महासचिव डा केशव पौडेललाई दिने निर्णय गरेको छ।
बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।
अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसी, सहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरूको उपस्थिति थियो । भर्चुअल बैठकमा ८० जना पदाधिकारीहरुले आआफ्नो भनाइ राखेको एनआरएनएले जनाएको छ ।