स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटियाको चुनाबि प्रतिबद्धता
तेन्जिङले जिते के के गर्नेछन संखुवासभामा ?
माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार तेन्जिङ भोटियाले आफ्नो जीत सुनिश्चित गर्न व्यापक रूपमा कसरत गरिरहेका छन । आफ्नो जीतलाई युवाहरूको जीत त आफ्नो हारलाई सिङ्गो जिल्ला कै हार बताउने तेन्जिङले समृद्ध संखुवासभा निर्माणको लागि विगत लामो समय अगाडी नै विज्ञहरु संग परामर्श गरि खाका कोरी सकेका छन । जनताले आफुलाई अनुमोदन गरे जिल्लामा व्यापक परिवर्तन ल्याउने तयारीमा रहेका तेन्जिङले सबैभन्दा पहिला निम्न कुराहरु गर्ने बताएका छन ।
✅ यथाशीघ्र किमाथांका-जोगमनी सडकलाई कालोपत्रे गर्ने साथै आफ्नो जिल्लामा रहेका प्रत्येक पालिकासम्म पुग्ने पक्की सडकको संजाल विस्तार गर्ने ।
✅ समग्र जिल्लाको शिक्षालाई सुधार गर्न आफ्नै नेतृत्वमा जिल्लामा रहेको प्रत्येक पालिकामा कम्तीमा एउटा नमुना विद्यालय स्थापना गर्ने साथै जिल्लामा एउटा स्नातक तह सम्म अध्यन गर्न मिल्ने गरि कलेज र प्राविधिक कलेज निर्माण गर्ने ।
✅ प्रत्येक वडामा प्रयोगशाला सहितको स्वस्थ्य चौकी, प्रत्येक गाउँपालिकामा प्रयोगशाला सहितको १५ शैयाको अस्पताल र प्रत्येक नगरपालिकामा अत्याधुनिक प्रयोगशाला सहितको २५ शैया भएको अस्पताल निर्माण गर्ने ।
✅ जिल्लाभरका आम जनतालाई निशुल्क बिजुली प्रदान गर्न सम्बन्धित निकाय संग समन्वय गर्ने ।
✅ जिल्लाका सबै गाउँमा 4G मोबाइल नेटवर्क उपलब्धताको ग्यारेन्टी गर्ने ।
✅ जिल्लावासीलाई कुनै पनि समस्यामा परेर काठमाडौं जानू पर्ने बाध्यता आईपर्दा काठमाडौंमा जिल्लावासीको सुविधाको लागि संखुवासभा घर निर्माण गर्ने ।
✅ कुनै सरकारी वा गैरसरकारी परियोजनाले आफ्नो परियोजना सम्पन्न गर्न जिल्लावासीको निजी सम्पत्ति आफ्नो समित्त्वमा लिनु पर्ने अवस्था सृजना हुँदा सहि मुआब्जाको लागि संघर्ष गर्ने ।
✅ पिउने पानीको समस्यालाई समाधान गर्न द्रुतगतिमा पानीका मुहानहरुको अध्यन गरि घरघरमा नै पिउने पानीको व्यवस्था गर्ने ।
✅ जिल्लामा रहेका श्रोत साधनहरुलाई प्रयाप्त मात्रमा प्रयोग गर्दै युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि युवा स्वरोजगार सिर्जना गर्न साथै जिल्लामा नै उत्पादन हुने जडिबुटीलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने ।
✅ सुत्केरी भत्ता, नाबालिग भत्ता र ६० वर्षपछि आम जनतालाई राज्यले नै पालन पोषण गर्ने व्यवस्था जस्ता सपनाहरुलाई साकार पार्न संसदमा आफ्नो माग राख्ने ।
✅ विभिन्न पर्यटकिय क्षेत्रहरुको पहिचान गरी नँया पर्यटक पथमार्ग निर्माण, स्काई वल्क निर्माण , चार धाम निर्माण र ठाउँ ठाउँमा होम स्टे एवम होटल व्यवसाय संचालनमा जोड गर्ने ।
✅ कृषिलाई अधुनिकिकरण गर्दै बाझो जमिनहरुमा समेत सिचाइको व्यवस्था गरि मौसमी बेमौसमी अन्नबाली र तरकारी उत्पादनमा जोड गरि जिल्लालाई खाद्यान्न उत्पादनमा आत्मानिर्भर बनाउने । साथै जिल्लालाई शतप्रतिशत अर्गानिक जिल्लामा परिवर्तन गर्न किसानहरु संग समन्वय गर्ने ।
✅ लोप हुँदै गरेका संस्कृति, भाषा, संस्कार एवम पुर्खाले बजाएर आएका बाजागाजाको संरक्षण एवम धार्मिक सम्पदाहरुको संरक्षण साथै प्रबर्द्धन गर्ने ।
✅ मातृभाषा शिक्षालाई उच्च-प्राथमिकतामा राखी स्थानीय किरात सिरिजंगा लिपि, लिम्बु लिपि र सम्बोटा लिपि इत्यादीको पाठ्यक्रम बनाई विद्यालयमा पठन-पाठन गराउन साथै कम्तिमा एउटा राष्ट्रियस्तरको प्राबिधिक शिक्षालयको निर्माण गर्न ।
✅ युवाहरुलाई उद्यमशील बनाउन एवम राष्ट्रिय कलाकार साथै खेलाडीमा परिणत गर्न जिल्लामा “संखुवासभा युवा प्रतिस्ठान निर्माण गर्ने ।
✅ जिल्लावासीको समस्या बारे जानकारी लिन र समस्याको समाधान खोज्न हप्तामा एक पटक स्थानीय रेडियो र विभिन्न सामाजिक संजालमा “जनता संग जनप्रतिनिधि” नामक प्रत्यक्ष कार्यक्रम संचालन गर्ने साथै जिल्लामा भै रहेका विकासका कामहरुको अनुगमन गर्न कम्तीमा महिनाको एक पटक जिल्लाको एउटा पालिकामा अनिवार्य उपस्थित हुने ।