धरान ब्याबसायीक केन्द्र बनाउने,खानेपानी सप्तकोशि तम्मोरबाट
निमा पोङ्स्युवा / नविन सेन्चुरी
धरान । जनता समाजवादी पार्टी र एमाले तालमेल भएको सुनसरी जिल्लाको क्षेत्र नम्बर १ क धरानमा घरदैलोलाई तिब्रता दिएको छ ।
निर्वाचन क्षेत्रकै अब्बल उम्मेदवारमा रहेका अशोक राई यस क्षेत्रमा एमालेसंग तालमेल गरि संयुक्त उम्मेदवारको रुपमा छ । जनता समाजवादि पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका अशोक राई राष्ट्रिय नेताको रुपमा धरान सहित निर्वाचन क्षेत्रमा योग्य देखिएका छ्न ।
एमाले र जसपाका संयुक्त उम्मेदवार अशोक राई प्रतिनिधि सभाका लागि उम्मेदवार छ्न । साझा उम्मेदवार भए पनि उनको चुनाब चिन्ह छाता रहेका छन । सोमबार एमाले जसपाले धरान १५ खोरियाबस्तिबाट घरदैलो थालिएका थिए । खोरिया बस्ति हालका धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघाको निवास समेत हो । घरदैलो कार्यक्रममा उम्मेदवार उपमेयर बेघाको घर पुगेका थिए । बेघाले प्रत्येक्ष उम्मेदवार अशोक राई प्रदेश १ क उम्मेदवार रमेश बस्नेत,समानुपातिक उम्मेदवार समेतलाई भेट गरे । बेघाले सबै उम्मेदवारलाई स्वागत गर्दै घरदैलो आएका कार्यकर्तालाई मिनिरल पानी समेत बितरण गरे ।
खोरिया बस्तीमा कोणसभा गर्दै सुनसरी १ मा मात्र नभै देशभर समृद्धिको लागि एमाले जसपा तालमेल गरेको कुरा उम्मेदवार अशोक राईले बताए । धरानलाई केन्द्रबिन्दुमा राखेर धरानको साख बचाउन आवस्यक रहेको अशोक राईले बताए । मुख्य समस्या खानेपानी रहेको भन्दै मेयर साङ्पाङले गरेको जामको प्रशंसा गरे । स्थानीय श्रोतले मात्र नहुने भन्दै सप्तकोसीको पानी या त तम्मोरको पानी धराने जनतालाई खुवाउने बताए । जसको लागि केन्द्रिय पहुँच आवस्यक रहेको भन्दै एमाले जसपा संयुक्त उम्मेदवार रहेकोले छाता चिन्हमा र प्रदेशमा सुर्यमा मतदान गर्न अनुरोध गरे ।