प्रहरी कार्यालय मैनापोखर र कालिका प्रहरीद्वारा ब्राउनसुगर सहित २ जना पक्राउ
समिक्षा श्रेष्ठ, बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर र मैनापोखर मातहतको कालिका प्रहरीको संयुक्त टोलीले बर्दियामा ३ ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखर र मैनापोखर मातहतको प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित् गणेश चौधरी र कृष्ण थारुलाई पक्राउ गरेको हो ।
बढैयाताल गाउँ पालिका वडा नं.-७ कर्णालीपुरमा लागू औषध ब्राउन सुगर कारोबार भईरहेको विषेश सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं.-८ का गणेश चौधरी र सोही स्थानका कृष्ण थारु बढैयाताल गाउँ पालिका वडा नं.-७ कर्णालीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक कमल क्षत्री हुनुहुन्छ । उहाँले मैनापोखरको कमाण्ड सम्हाले लगत्तै अपराधीक क्रियाकलापमा कमी आएको त्यहाँका जनप्रतिनिधिहरूको भनाई छ ।
प्रहरी संगठमा हक्कि र स्वच्छ छबि बनाउन सफल हरी निरीक्षक कमल क्षत्रीले पुराना पेन्डिङ केसहरूका फरार अपराधीहरूलाई समेत कानुनी दायरामा ल्याएर स्थानीय जनतालाई न्यायको अनुभुति गराउन सफल हुनुभएको उक्त क्षेत्रका स्थानीयवासीको भनाई छ ।