मन्त्रालयको संख्या घटाउनुपर्छ जस्तो लागेको छ: मन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।
शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकको ४३ औं वाला महासंघर्षिक साधारण सभामालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताउनुभयो । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उहाँको भनाइ थियो । उहाँले हस्तकला सम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको समेत बताउनुभयो ।
सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीब्रता दिन चाहेको उहाँले बताउनुभयो । सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको पनि उहाँले दोहो¥याउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेको बताउनुभएको हो ।
सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।