प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

२२ माघ, काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज (सोमबार) देखि शुरु हुने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो ४ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको हो । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको सोमबार सम्बोधन नगरी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी भएको छ । यद्यपी संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ ।

यद्यपी सोमबार पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको हो । बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको हो ।

बैठकमा उहाँले प्रतिनिधिसभा नियमावली, २०७९ सालको नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेश गर्ने र त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ -फुकाउ आदेश सदनमा पेश गर्नु हुने सम्भावित कार्यसूची रहेको हो ।

हिउँद सकिनै लाग्दा बल्ल शुरु हुन लागको हिउँदे अधिवेशनमा थुप्रै विचाराधीन विधेयकहरु पेश हुने अपेक्षा गरिएको छ । करिब ४० वटा विधेयक विभिन्न समितिहरुमा अल्झिएका छन् । संसद सचिवालयले पहिलो पटक संसद क्यालेण्डर समेत बनाएर कार्यान्वयन गर्ने तयारी गरेको हो ।

यसैबीच, सभामुख घिमिरेले राज्यलाई आवश्यक परेका विधेयकमाथि छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आइतबार संसद भवनको अवलोकनपछि संचारकर्मीहसंग उहाँले विधेयक पारित गर्नु मात्रै ठूलो कुरा होइन भन्दै पारित गरिने विधेयकहरुको कार्यान्वयन सुनिश्चित हुनुपर्ने बताउनुभएको हो ।

सभामुख घिमिरेले संसद सचिवालयले तयार पारेको क्यालेण्डर अनुसार नै संसद बैठक चलाउने प्रयास गर्ने पनि बताउनुभएको छ । हिउँदे अधिवेशनमा संसदलाई कामको कमी नहुने विश्वास रहेको पनि उहाँले बताउनुभयो । यता संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलहरुले पनि सोमबारदेखि शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने तयारी गरेका छन् ।

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले आगामी अधिवेशनको संक्रमणकालीन न्याय सम्बन्धि विधेयक र सम्पति शुद्धिकरण सम्बन्धी विधेयक पेश हुने दावी गर्नुभएको हो । अन्य विधेयकहरु पनि आवश्यकताको आधारमा आउने र सरकारले कति विधेयकहरु ल्याउँछ त्यसको पार्टीभित्र समेत छलफल हुने सचेतक थिङले बताउनुभयो ।

यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरेको बताउनुभएको छ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षा र निजामती कर्मचारी लगायतका विधेयक अघि बढाउने उहाँले बताउनुभएको हो।

यसैगरी, प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनलाई आफूहरुले पहिलो मुद्दा बनाउने बताउनु भएको छ । देशको विकास, सुशासन, समृद्धिको सवालमा एमालेले सशक्त ढंगले आवाज उठाउने भन्दै उहाँले बढी भन्दा बढी ऐन र कानूनहरु निर्माण गर्न केन्द्रित हुने बताउनुभएको हो।

यस्तै, जनमत पार्टीका प्रवक्ता शरद सिंहले भने सत्तारुढ दलहरुले सहमति पालना नगरेको गुनासो गर्नुभएको छ । संसदको वर्षे अधिवेशनबाट एउटा मात्रै विधेयक पारित भएको थियो । सरकारले विजनेस दिन नसक्दा लामो समयसम्म संसद बैठक शून्य समयको भरमा चलेको थियो ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५