कांग्रेसमा निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा मत बाझिंयो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आमनिर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।

कांग्रेसको सोमबारदेखि जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आमनिर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् । महामन्त्री गगन कुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आमनिर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका छन् ।

महासमिति बैठक स्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कांग्रेसका नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बिरोधीहरु एकै ठाउँमा उभिएमा कांग्रेसले विरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ । तत्कालिन अवस्थामा भर पर्ने र निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गर्नुभएको बताउनुभयो । देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनु पर्नेमा जोड दिएर पनि कुरा उठिरहेको उहाँले जानकारी गराउनुभएको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताउनुभयो । उहाँले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताउनुभएको हो । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समूहमा विभाजन गरि महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

त्यस्तै, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भूइँमान्छेका आवाज सुनिनुपर्ने बताउनुभयो । जनतालाई आशाको सन्देश दिनुपर्ने उहाँले बताउनुभएको छ । सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।

महासमितिको बैठक आफैंमा गर्वको विषय भएको बताउदै महासमितिले कांग्रेस र जनतामा उत्साह जगाउन सक्नुपर्ने अध्यक्ष मिश्रको भनाइ थियो ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५