वामदेव गौतमले खुशी हुँदै भने- नयाँ सत्ता गठबन्धन बन्नु सुखद्ग, जसको सूत्रधार केपी ओली हुन्…
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थीहरूको नेतृत्वमा सत्ता समीकरण निर्माण हुनु सकारात्मक भएको बताउनुभएको छ ।
संयोजक गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् भएको उहाँले बताउनुभएको हो । सोमबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै सोही गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने उहाँले बताउनुभएको छ।
मंगलबार उहाँले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताउनुभयो । अध्यक्ष ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि उहाँले बताउनुभएको छ ।
उहाँले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस पनि वीपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभएको हो । कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि उहाँले बताउनुभयो । अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ एमाले अध्यक्ष ओली नै रहेकोउहाँको तर्क छ ।
अध्यक्ष ओली र प्रधानमन्त्री दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो । ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने संयोजक गौतमले बताउनुभएको छ ।