निवर्तमान अर्थमन्त्री महतले अर्थतन्त्र मन्दीमा भएको कुरा स्वीकार गर्न चाहनु भएन: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा भएको कुरा सुन्न नचाहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले निःवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा भएको कुरा स्वीकार गर्न नचाहेको आरोप लगाउनुभएको हो । उपाध्यक्ष पौडेलले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गर्नुभयो । पछिल्लो १ वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको उहाँले दावी गर्नुभएको हो । अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको उहाँले टिप्पणी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानुभएको दावी गर्नुभयो । अर्थतन्त्र मन्दीमा जानु भनेको अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा पुष्टि गर्ने उहाँले जानकारी गराउनुभएको छ । उपाध्यक्ष पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाउनुभयो ।

मुलुकको अर्थतन्त्रको अवस्था आँकडा सच्याउने भन्दै पनि वर्तमान अवस्था सच्याउनु आवश्यक रहेको उहाँले बताउनुभएको हो । लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दावी गर्नु आपत्तिजनक रहेको समेत उहाँले टिप्पणी गर्नुभयो । बैंकहरुमा तरलता सहज हुँदा पनि उद्योगी व्यवसायीहरुले उद्योगमा थप लगानी र नयाँ लगानी गर्न नसकेको उहाँले बताउनुभएको हो ।

उपाध्यक्ष पौडेलले बजारमा माग,आपूर्ति,उत्पादन र रोजगारी सरकारले सिर्जना गर्न नसक्दा चौतर्फी रुपमा अर्थतन्त्र समस्यामा आएको बताउनुभयो । अहिले निजी क्षेत्रले पूँजी परिचालनको लागि अनुकूल वातावरण नहुँदा बैंकहरुमा तरलता थुप्रिएर बसेको उहाँले बताउनुभएको हो । राजस्वको लक्ष्य पूरा हुन सनेक कुरा स्वयं निःवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न स्वीकार गरेको उहाँले बताउनुभयो ।

मन्दीमा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार अर्थमन्त्रीले तत्काल समाधान गर्ने गरी काम गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ। निजी क्षेत्रलाई साथमा लिएर जायज मागलाई सम्बोधन गरी मनोबल उकास्न आवश्यक रहेको पनि उपाध्यक्ष पौडेलले बताउनुभयो ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५