महेन्द्र बहुमुखी क्याम्पस धरानको एक वर्षे २४ बुँदे उपलब्धि – सभापति युवराज अलौकिक
धरान । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको आज चैत्र-५ गते एक बर्ष पूरा भएको छ। सोहि निर्वाचनबाट महेन्द्र बहुमुखी क्याम्पस धरानमा युवराज अलौकिक नेतृत्वमा बिजय भएका थिए ।
चुनाव समयमा आ आफ्नो घोषणापत्र र प्रतिबद्धता हुन्छ । त्यो अनुसारको एक वर्षको लेखाजोखा के भए भन्ने कुरा सबैमा चासिको विषय हुनुपर्छ । एक वर्षको कामको फेहरिस्त सभापति युवराज अलौकिकले उपलब्ध गराएको छ । सभापति अलौकिकले एक वर्षको समयावधि भित्र क्याम्पसको शैक्षिक,भौतिक तथा संस्थागत सुधारको लागि सम्बन्धित निकायहरू तथा सरोकारवालाहरुको समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम तथा सुधारहरु भएको जानकारी दिए ।उनले सुधारसंगै अन्य काम कुराहरु अझ धेरै सुधार र ब्याबस्थापन गर्न आवश्यक रहेको पनि बताए । सभापति अलौकिक भन्छ – `२०७९ चैत ५ गतेका दिन स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको अध्यक्षमा म लगायत पदाधिकारी तथा सदस्यलाई विद्यार्थीहरुको अधिकारको निमित्त लड्न,विद्यार्थीहरुको सेवा र संस्थागत एंव शैक्षिक सुधार निम्ति निर्वाचित गराउनुभएको थियो । यो हाम्रो कार्यसमितिको एक बर्षको कार्यकालमा भएका कामहरु तथा हुन बाकी कामहरू योजनाहरु यसप्रकार रहेका छन :´
१. क्याम्पसको शैक्षिक भवन रंगरोगन तथा जिर्णोद्धार भएको छ।
२. पेयिङ संकायमा कम्प्युटर ल्याब,सेमिनार हल निर्माण भएको छ।
३. जेहेन्दार छात्रवृत्ति तर्फ बार्षिक कार्यक्रम तर्फ रु.२००० बाट १२,०००/(प्रत्येक बर्ष)= र स्नातकोत्तर तर्फ रु.२०००/= बाट ९०००/=(प्रत्येक समेस्टर) पुरस्कार राशी वृद्धि गरिएको छ।
४. स्वतन्त्र विद्यार्थी युनियनबाट १५% छात्रवृत्तिको ब्यावस्था गरिएको छ।
५. सेनिटरी प्याडको लागि भेन्डिङ मेसिनको ब्याबस्था गरिएको छ।
६. सुचना बोर्ड तथा सुझाब पेटिकाको ब्याबस्था।
७. लाईब्रेरिलाई ब्याबस्थित गर्नको लागि reading room र त्यस ठाउमा कम्प्युटरको ब्याबस्था गर्नको लागि टेन्डरको सुचना प्रकाश भैसकेको छ।अबको एक महिना भित्रमा लाईब्रेरी ब्याबस्थित भैसक्नेछ।
८. खेलकुद क्षेत्रलाई ब्याबस्थित गरि आवश्यकता अनुसार लगानी गरिएको छ।
९. समय समयमा विद्यार्थीहरुलाई ब्याबहारिक ज्ञानमा टेवा पुर्याउने उद्देश्यले अतिरिक्त सेमिनारहरु सञ्चान गरिरहेका छौ।
१०. पुराना डेस्क,बेन्चहरुलाई रुपान्तरण गरिएको छ।
११. बार्षिक कार्यक्रम तर्फ आर्थिक रुपमा कमजोरी भएका केही विद्यार्थीहरुलाई आधा शुल्क प्रक्रियाअनुसार छुट दिने ब्याबस्था गरिएको छ।
१२. अतिरिक्त क्रियाकलापहरुलाई नियमितता।
१३. पेयिङ कोर्षमा शैक्षिक क्यालेन्डरको निर्माण गरि त्यसलाई लागू गरिएको छ।
१४. हेरक संकाय र हरेक बर्षहरुमा आन्तरिक परिक्षा नियमित भईरहेको छ।
१५. स्मार्ट गेट निर्माणको लागि ई-टेन्डर हुन बाकी रहेको छ।
१६. गेट निर्माण भएपछि सुरक्षागार्ड को ब्याबस्था गरिनेछ र अनिवार्य आईडेन्टि कार्ड र ड्रेसको ब्याबस्था हुनेछ।
१७. क्यान्टिनलाई ब्याबस्थित गर्नको लागि टेन्डर हुने बाकी रहेको छ।
१८. बसको ब्याबस्था गर्नको लागि संबंधित निकायमा पत्राचार साथै प्रक्रिया अगाडि बढेको छ।
१९. क्याम्पसलाई QAA प्रणालिमा लैजानको लागि सम्पुर्ण प्रक्रियाहरु 4/5 महिना अगाडि देखि बढेको छ।
२०. क्याम्पसमा नियमित सरसफाइको लागि कर्मचारी थप गर्नको लागि टेन्डर आवहान गर्ने काम बाकी छ।
२१. क्याम्पसको प्रशासनिक भवनमा कोठाहरु थप गर्ने ट्रस्ट लगाउने निर्णय भएर प्रक्रियामा रहेको छ।
२२. धरान-११ मा रहेको क्याम्पसको जग्गामा छात्रा तथा छात्रवासको निर्माणको लागि संघ,प्रदेश तथा स्थानीय तहसंग समन्वय गरि श्रोत जुटाएर होस्टेल निर्माण गर्ने योजना पनि रहेको छ।
२३. खेलकुदको लागि उपयुुक्त संरचना निर्माण गर्ने गरिनेछ।
२४. स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय बढाउने र पार्किङलाई थप ब्यबस्थित गर्नको लागि पार्किङ निमार्णको लागि निर्णय भएर प्रक्रिया रहेको छ।