जीबी राईलाई कसले लुकायो ? सूर्यदर्शन सहकारी पीडितको प्रश्न :
काठमाडौं । सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।
कानुनी प्रक्रियामा गएको पनि आठ महिना भइसक्यो । ‘तर यो राज्यका प्रतिनिधिले सुशासनको कुरा गरिरहँदा, कुशासनको चपेटामा परिरहेका छौं’, उनले भने ।
अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनी प्रश्न गरेका छन् । ‘कसले लुकाएका छन् हामीलाई जवाफ चाहिएको छ, जीबीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ ?’, उनले भने, ‘सूर्यदर्शनका वचतकर्ताले आन्दोलन सुरु गरेपछि ३/४ पटक सरकार परिवर्तन भए तर अहिलेसम्म पीडितको समस्या समाधान भएको छैन ।’
ज्ञापनपत्र बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।
, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भएपनि पीडितहरुको समस्या समाधान गर्छौं भनेर बोलेको सुनेको थिएँ ।
राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो’, उनले भने ।