वर्तमान सरकारको करिब २ वर्षीय कार्यकाल विदेशीलाई रिजाउने र जनतालाई कज्याउनमै बित्यो/राज्यव्यवस्था परिवर्तनभयो तर राजनीतिदलहरुको चरित्रभने परिवर्तन हुनसकेन:लोक कृष्ण भट्टराई/प्रदिप घताल(भिडियो सहित)
एनपी अनलाइन टिभिको कार्यक्रम अन्तरसंवादमा प्रस्तोता कविता कार्कीसंग कुराकानी गर्दै,बरिष्ठ बामपन्थी नेता लोक कृष्ण भट्टराईले,नेपालमा भइरहेको फोहोरी राजनीतिलाई सफा गर्नका लागि सफा मानिसहरु आवश्यक भएको बताउदै फेरी दल भन्दा माथि उठेर आन्दोलन गर्नु पर्ने बताउनु भयो। नेपाल कम्युनिष्ट पार्टीमा गुटहरुको परकाष्टका कारण उप-सभामुख चयन गर्न चुनौती भएको उहाँको भनाइ छ । नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको तर राजनीतिक दलहरुको चरित्र भने परिवर्तन हुन नसक्दा देशमा विकास हुन नसकेको उहाँको तर्क छ । सरकारले एनसेललाई २१अर्ब राजोस्व छुट गरेर फैसला गर्ने ५ जना न्यायाधिशलाई दुई तिहाई बहुमतको आधारमा महाअभियोग लगाएर हटाउनु पर्ने उहाँको जोड छ । फरक प्रसंगमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको करिब २ वर्षको कार्य सम्पादनलाई हेर्दा सेकेण्ड डिभिजनमा पास गरेको उहाँको भनाइ छ ।
त्यस्तै समाजवादी पार्टीका संघीय परिषदका सदस्य एवं युवा नेता प्रदिप घतालले नेपाल कम्युनिष्ट पार्टी सैद्धान्तिक रुपमै बिचलित भएको बताउदै नेकपा पछाडि फर्किसकेको र पद लोलुप्तामा बिकिसकेको उहाँको दावी छ । नेकपा समयमै सचिएन भने फेरी पुर्न-जन्म लिन नसक्ने उहाँको तर्क छ । वर्तमान सरकारको करिब २ वर्षीय कार्यकाल विदेशीलाई रिजाउने र जनतालाई कज्याउनमै समय बिताएको भन्दै आपति जनाउनु भयो ।राज्य व्यवस्था परिवर्तन भएको तर राजनीतिक दलहरुको चरित्र भने परिवर्तन हुन नसक्दा देशमा विकासले गति लिन नसकेको बताउदै भ्रष्टाचारको नियन्त्रण हुन नसकेको उहाँको तर्क छ । सरकारले भ्रष्टाचारी र दलालीहरुलाई संरक्षण गर्ने खालका विधेयक एवं कानूनी संरचना बनाइ दिएर देशको स्रोत र साधनको कब्जा गर्ने षड्न्त्र भइरहेको बताउनु भयो । जसले गर्दा जनतालाई सामान्य जीवन जिउनसमेत कठिनाइ भएको बताउनु भयो।
फरक प्रसंगमा समाजवादी पार्टीका संघीय परिषदका सदस्य एवं युवा नेता प्रदिप घतालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद उदाङगो भइसकेको दावी गर्नु भयो ।त्यस्तै नेकपामा सभामुख चयनमा चुनौती भइरहेको बताउदै उप-सभामुख डा.शिव माया तुम्बाहाम्फेलाईनै एक क्षमतावान र महिला जनजाति भएको हैसियतले उप-सभामुखलाईनै सभामुख बनाउनु पर्ने उहाँको जोड छ।त्यस्तै समाजवादी पार्टीले उठाउदै आएका माग पूरा गर्नका लागि अब सरकार विरुद्ध देश व्यापी आन्दोलन गर्ने तयारी गरिरहेको समेत बताउनु भयो । बाँकी कुरा भिडियोमा हेर्नुृ होला..