धरानमा ज्यालो लोसर मनाए
धरान /शिङ्साबा समुदायले २१४७ ज्यालो लोसर सामुहिक रुपमा मनाए।आफ्नै समुदायको भवन तथा निर्माणाधीन क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसर धरान बगरकोटमा मनाएको हो।
शुभकामना आदानप्रदान कार्यक्रममा समुदायको मौलिक नाचगान स्यप्रो नाचगानसंगै मौलिक खेल तिर आर्चरी समेत खेलिएका थिए।संखुवासभा सभा जिल्ला शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिकाबाट धरानमा धेरै वर्ष अगाडिदेखिए आएर बसोबास गरिरहेका छ्न।हाल धरानमा यी समुदायहरु करिब २५ घर बसोबास गरिरहेका छन।दुख सौखको लागि स्थापना भएको श्री हिमाली शिङ्साबा भोटिया समाजको आयोजनामा ज्यालो लोसरको आयोजना गरिएको हो।
शुभकामना आदानप्रदान कार्यक्रम प्रतिनिधि सभा सांसद जयकुमार राईको प्रमुख अतिथ्यमा भएको हो।प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य जयकुमार राईले क्षाबे नाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा प्रदेशको एउटा मात्र गुम्बा धरानमा मात्र भएकोले त्यस्को लागि बजेट बिनियोज गर्नुपर्नेमा जोड दिए।संसदीय बजेट भए पनि त्यो आफुखुशी विनियोजन गर्न नसक्ने भएकोले केही समस्या भएको बताए।
प्रदेश नम्बर १ का सांसद सावित्री श्रेष्ठले आगामी दिनमा गुम्बा निर्माणका लागि आवस्यक बजेट तथा आर्थिक सहयोग गर्ने आश्वासन दिए।
शिङ्साबा समुदायको बारेमा अनुसन्धान गर्ने राजेन्द्र थापाले लुम्बिनी विश्व बिद्यालयबाट शिङ्साबा,ल्होमी,भोटे बिद्यावारिधी गरिरहेको भन्दै यस बिषयमा के छ भन्ने अध्ययन गरिरहेको बताए। अल्पसंख्यकको बारेमा अध्ययन अनुसन्धान नभएको भन्दै यस बिषयमा आफ्नो अध्ययनको लागि लागि अगाडि बढाएको बढाए।उनले धर्मले मानव समुदायलाई टुक्राईरहेको बताए।यस बिषयमा सचेत हुनुपर्ने बताए। संस्कृति भाषाको लागि अगाडि बढ्न सुझाव दिए।
नेपाल आदिवासी जनजाति नगर महासंघ धरान नगर अध्यक्ष सुबास हुक्पा चोङ्बाङले शिङ्साबाट भोटिया समाजले पहल गरेको गुम्बा अहिले पनि बन्न नसकेकोमा दुख व्यक्त गर्दै पहलका लागि सबैलाई आग्रह गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई संसद बिकास कोषबाट बजेट उपलब्ध गराएको भन्दै सम्मान गरिएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न जातिय संस्थाका प्रतिनिधिहरु समेत उपस्तिथि रहेका थिए।