सरिता गिरिलाई कार्वाही,अरु पार्टीलाई चुनौती
धरान / जनता समाजवादी पार्टीले प्रतिनिधिसभा सांसद सरिता गिरिलाई साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको छ।
पार्टीले कार्वाही बारे मंगलबार प्रेस बिज्ञपति जारी गर्दै हाम्रो पार्टीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसद सरिता गिरिले प्रतिनिधि सभामा नेपाल सरकारद्वारा प्रस्तुत नेपालको संविधान ( दोस्रो संशोधन) बिधेयक २०७७ सम्बन्धी संशोधन राखेकोमा त्यसलाई फिर्ता लिई उक्त बिधेयकको पक्षमा मतदन गर्न संसदीय दलको निर्देशन (व्हिप)उलंघन गरेको सन्दर्भमा २०७७ साल असार ८ गते कार्यकारिणी समितिको बैठकद्वारा गठित ३ सदस्यीय जाँझबुझ समितिको प्रतिबेदन बुझेको उल्लेख छ।
सरिता गिरिले राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ ( १) को (घ) अनुसारको राष्ट्रिय वा सार्वजनिक महत्त्वको नेपालको संविधानको दोस्रो संशोधनको लागि संसदीय दलले दिएको निर्देशन पालना नगरेको आरोप छ।सरिता गिरिले दिएको स्पष्टीकरण समेत संतोषजनक नभएको बिज्ञप्तिमा उल्लेख छ।गिरिले गरेका उपरोक्त कृयाकलाप समाजवादी पार्टीको अन्तरैम बिधान २०७६ को धारा ५० को उपधारा २ र ३ तथा धारा ५१ को उपधारा ५ समेतको बर्खिलाप गरेको आरोप लगाएको छ।बिज्ञप्तिमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३२ को उपदफा ५ अनुसार प्रतिनिधि सभा सदस्यबाट निष्कासन गरिएको जनाएको छ।यसरी पदमुक्त गरिएपछि यस्को जानकारी संसद सचिवालयलाई जानकारी दिने निर्णय समेत गरेको छ।
पार्टीको यस्तो निर्णयलाई जनता समाजवादिका नेता आङकाजी शेर्पाले आफ्नो सामाजिक संजालमा एमाले काङ्ग्रेस माओवादि भित्र कार्वाही गर्नुपर्ने थुप्रै यस्ता नेता भएको भन्दै यसरी स्टाटास लेखेका छन-`हाम्राे पार्टी भित्रका राष्ट्रघाती सरिता गिरीलाई कारबाही ग-याै !
अब एमाले. माओवादी र कांग्रेस भित्रका
भारतिय दलाल र चिनीय दलालहरूलाई
कारबाही गर्नु पर्छ !
नत्र तिनीहरूकाे घरमा कालाे झण्डा
हामीले गाँडने छाै !
राष्ट्रघातीहरूकाे वंशजकाे नागरिकता
खारेजी गर्नु पर्छ ।
नेता आङकाजिले तत्कालीन अवस्थामा समेत एक अन्तर्वार्तामा काङ्ग्रेस नेकपाले आफ्ना नेतालाई कार्वाही गर्न चुनौती दिदै भनेका थिए सरिता गिरिलाई कब गर्नुपर्छ आङ्काजिले गर्छ भनेका थिए।