बाँकेमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु
नेपालगञ्ज । बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।
कैलाली जानकी गाउँपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।
बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ५६ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ७३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २७ गते भर्ना गरिएका उनको २८ गते पीसीआर गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ८५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा २ सय ६४ जनाको मृत्यु भएको छ ।