24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeमनोरञ्जनचलचित्रअर्पण र सौगात 'चोर पुलिसः टम एन्ड जेरी' फिल्ममा

अर्पण र सौगात ‘चोर पुलिसः टम एन्ड जेरी’ फिल्ममा

सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिकामा फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’ बन्ने भएको छ।v बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्।

मुकुन्द भट्टको निर्देशन रहने फिल्ममा सौगात र अर्पणसँगै शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरूङ, इन्दप्रसाद खरेल, प्रमिला उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ। फिल्मका लागि अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताए।

म्याक मिडिया एन्ड सर्विसेस प्रालिबाट निर्माण हुन लागेको फिल्म कमेडी जनरामा बन्ने छ। फिल्मलाई सुदिप चन्द्र बख्रेलले निर्माण गर्न लागेका हुन्।

फिल्मको कथा निर्देशक भट्टसँगै नरेश नाथ योगी र सुमन सुनारले तयार पारेका हुन्।यो फिल्मलाई पुरूषोत्तम प्रधानले छायांकन गर्नेछन्। फिल्मको छायांकन अमेरिका, क्यानाडा, अस्ट्रेलिया र नेपालमा हुनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments