24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeविविधआफ्नो जिबनको मालीक आफै बन्न्ने कि ?

आफ्नो जिबनको मालीक आफै बन्न्ने कि ?

आफ्नो मनलाई बशमा लिनु, आफ्नो मालीक आफै बन्नु आत्मसंयम को अर्थ हो । संयमको शुरुवात बिचारबाट भएको हुन्छ। । हामीहरुको स्वभावबाट नै आफ्नो मनले जस्तो किसिमका बिचारहरु धारणा गरेको हुन्छ त्यसै अनुरुपमा जिबन बन्दछ ।यदि हाम्रो बिचार हामीहरुको वशमा छ भने हामी त्यसको दास नभएर मालीक छौ।

यदि हामीले मात्र आफ्नो चेषटालाई नियन्त्रण गर्ने सक्यो भने अनि मात्र हामी ले आफ्नो जिबनका सबै अबस्थालाई नियन्त्रणमा लिन सक्दछौ । यदि हामीले कुनै मानिस लाई गहिरो हिलो भएको खाल्टाेमा भासिरहेको देख्दछौ र उसले खाल्टाे बाट जती कोसिस गर्दा पनि निस्क्न सकिरहेको छैन भने के उसलाई बचाउन हामी दौडेर जादैनै ? तर जब कुनै व्यत्ति कुनै कारणले रिसाएको छ भने हामी त्यो रिसको आगोमा आफ्नो रिसको ज्वाला थपिदिएर उस्को रिस शान्त गराउनुको सटा उसलाई भडकाईदिन्छ ।

तर पनि हामी सबैलाई थाहा छ कतिपय अबसरहरुमा हामी आफ्नो भाबना र बोलीलाई वशमा लिन धैरै गाह्रो परेको हुन्छ ।जतिबेला रिस बोकेको मस्तिस्कबाट तातो रगत रक्त बाहिनी नशामा दौडिरहेको हुन्छ । त्यो डर लाग्दो हुन्छ भनेर थाहा पाउँदा पाउदै पनि हामी आफुलाई रिसको दास हुन जान दिन्छै । त्यसले गर्दा हामीहरुको अनुहारको स्वरुप मात्र बिग्रेको हुदैन हामीहरुको कार्यकुशलतामा समेत वाधा पुग्दछ त्यसैले गर्दा सबै भन्दा मानिसको दुखको कुरा त उ आफ्नो मालिक आफै नभएको हुन्छ ।

यदि कुनै पनि मानिस कुनै पनि सकटपुण अबस्थामा त्यस बिषयमा शान्ती पुर्वक सोच्न सक्दछ भने उ त्यस िस्थतिबाट बाहीर आउन सक्दछ । जुन व्यत्तिले आफुलाई वशमा राख्न सक्दैन, उ जहिले पनि हावाको झोक्कामा मात्र भर परेको हुन्छ चाहे जहाजलाई हाबाले जतासुकै लैजाओस । रिसको हरेक आधिबेरिले उसका प्रत्येक जिम्मेवारि विहिन विचारले गर्दा असयमित व्यत्तिलाई यताबाट उता उताबाट यता फ्याँकी दिएको हुन्छ ।त्यसले व्यत्ति लाई लक्ष्यको मार्गवाट हटाईदिएको हुन्छ त्यसले व्यत्ति को ईच्छा,आशा ,आकाक्षाबाट बिपरित मार्गतिर लगेको हुन्छ ।

जुन व्यत्ति आखाँ सिधा पारेर हेर्न सक्ने क्षमता भएको हुन्छ । जुन व्यत्तिको मन शान्त रहेको हुन्छ चाहे जती सुकै उत्तेजीत पारे पनि अलिकती पनि रिस गर्दैन र उ आत्मसयमि छ भने उसको त्यो आत्मनियन्त्रणले गर्दा उसलाई यती धेरै शत्ति दिएको हुन्छ कि उसलाई अरु कुनै कुराले पनि त्यती धेरै शत्ति दिएको हुदैन । त्यस किसिमको अनुभूति जुन तपाई आफ्नो जिबन को मालिक आफै हुन्हुहुन्छ भन्ने भावनाले तपाईको चरित्रलाई गैरबशाली बनाउछ त्यसैले तपाईलाई शत्ति प्रदान गरेको हुन्छ।जुन व्यत्ति मन ईन्द्रियको मालिक हुन्छ, जुन व्यत्ति मनलाई आफ्नो वशमा राख्न सक्दछ ,जो सधै सकारात्मक पक्षमा रहेको हुन्छ त्यो मानिस सधै रचनात्त्मक र सुजनात्त्मक व्यत्तित्त्व भएको हुन्छ ।
जसरि एउटा डर लाग्दो हुरि वतास द्दारा पाहडको टुप्पोलाई पनि उखेलेर फयाकिदीएको हुन्छ लोभको दयामा बाच्नु बिभिन्न्न किसिमका मुडहरुको शिकार हुनु,भावुकतामा वहेर जानू यी डर लाग्दा दुर्घटना हरु हुनु जसले जिबनमा दयालाग्दा असफलताहरु ल्याइदिएको हुन्छ । हामिले प्राय गरेर धैरै ठाउका मानीसहरुले आफ्नो भाग्य नै दुभाग्य खराब भएको भनेर रुने गरेका गुनासो गर्न गरेको सुनेका छौ ।

उनिहरु भन्ने गर्दछ्  हामीलाई कहिल्यै पनि खुसी प्राप्त भएन जिबनमा भने जस्तो भएन सफलता मिल्न सकेन । तर जब हामी जतिबेला पनि ती चिन्ता गर्ने बानीले गर्दा आफ्नो मनलाई विषतुल्य बनाउछौं र तत्काल हामी रिसको आबेगमा पुग्दछौं,असन्नतोषको भाबनाको वशमा पुगेका हुन्छौं या निराशाले सताईएका हुन्छौ हामी निरन्तर माथी उठनुकाे साटाे आफनै पतन हुने कुरा गरिरहेका हुन्छौ , कहिले हामी मैका नै मिलेन , प्रगती गर्न अबसर नै पाइएन भन्ने गर्छौ जहिले पनि गएका कुराहरुको हानिका बारेमा नै दुखि हुन्छौ आँसु बगाउने गछौं र सधै विभिन्न्न किसिमका दुखेसोहरु सुनाइरहेका हुन्छौं भन्ने हामीहरुलाई खुसि र सफलता कसरी प्राप्त हुन सक्दछ?

त्यस किसिमका मानीसहरु जतिबेला पनि कुनै बस्तु वा व्यत्तिमाथी निन्द्रा गर्दै चाेट पुराईरहेका हुन्छ्न , आफ्नो गफगाफको माध्यमवाट तिब्र आलोचना गरिरहेका हुन्छ्न अरुको मनलाई धाइते परिरहेका हुन्छ्न अरुको दोष र गल्तिलाई मात्र औल्याईरहेको हुन्छ्न। उनिहरुलाई त्यसो गर्नैले आफुलाई नै धाइते बनाईरहेका हुन्छ्न भन्ने कुरा थाहा हुदैन र उनिहरुको आफ्नो शारिरिक, मानसिक, सामाजिक स्तरलाई तल झारिरएको हुन्छ्न भन्ने पनि थाहा हुदैन ।

एक जना मानिस छ उ विश्नका सम्पुण शत्तिहरुको मालिक बन्न्न चाहन्छ तर उ एउटा सानो शत्तिकै नियन्त्रणमा पर्द्छ। अलि कती सोचेर हेर्नुहोस् त उ कुन किसिमको आफ्नो तर्कको सिँहासन मुनि तल खसेको हुन्छ ? उसले त्यतीबेला उ वास्तबमा मानीस नै नभएको कुरा स्वीकार गर्द्छ उ कडा र असत्य कुरा बोल्दछ। एउटा सिधा साधा व्यत्तिको दिमागमाथी व्यङग्य प्रहार गर्दछ ।

उसको पागलपन माथी बिचार गरेर हुर्नुहोस त ? उसले कुन तरिकाबाट आफ्नो सबै भन्दा राम्रो साथीलाई शत्रु बनाउन पुगेको हुन्छ। या नमिठा शब्दहरुको प्रयोगले गर्दा उसको मनलाई नराम्रो पारेको हुन्छ। एक जना बालकले यदि कुनै तातो चिजलाई छुन्छ भने त्यस अनुभबबाट दोस्रो पटक तातो चिज छुन डराउछ त्यसै गरि चक्कु आदि कडा धार भएको चिजलाई छुनाले जब उसको औला काटदछ भने फेरि उ कहिल्यै पनि त्यस किसिमको धारीलो चिजलाई छुने भुल गर्दैन ।

तर हामी ठुला मानिसहरु रिसले भरिएका शब्दहरुले थुप्रै किसिमबाट हानी पुर्‍याईरहेको हुन्छ भन्ने कुरा कहिले पनि सिकदैनौ र बारम्मबार त्यस किसिमकै शब्दहरु दोहोर्‍यरहेको हुन्छौं ।
कुनै पनि व्यत्तिको शान्त मन रहने कुरा उस्को जन्मजात नै गुण लिएर आएको हुदैन र कुनै पनि मानीसको स्वभाव ,भावना धारणा पनि रिसाहा हुदैन ।
व्यत्तिको उचित संस्कार , शिक्षा ,अभ्यासद्दारा नै व्यत्तिले आफ्नो भावनालाई नरम र व्यवहारीक बनाउन सक्दछ।

जुन व्यत्ति आफ्नो जिबनको मालिक आफै हुन्छ जसको बिचारशत्ति सुचारु रुपले प्रशिक्षित भएको छ उसको आफ्नो मनबाट ईस्या वा जलनको भावनालाई हटाउनका लागि सघर्ष गर्नु पर्दैन उसलाई रिसको भावना हटाउनका लागि धैरै बेर लाग्दैन उसलाई आफुले आफुलाई निरासाबाट पन्छिन गार्‍हो पर्नेछैन । ती शत्रुलाई भगाउन उसका लागि धैरे नै सजिलो भएको हुन्छ ।

बिनिता अधिकारी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments