चुईंगम बच्चालाई अझ धेरै मन पर्छ । धेरैले खुशी हुँदा, तनाव भएको बेला, एक्लै हुँदा विभिन्न कारणले पनि चुईंगम चपाउने गरिन्छ । तर धेरैले चुईंगम चपाउँदाका बेफाइदा बारे जानेका हुँदैनन् ।
यदि तपाईंलाई पनि चुईंगम चपाउने बानी छ भने यसले गर्ने नोक्सानी बारे जान्नुहोस ।
माइग्रेनको समस्या: चुईंगमलाई धेरै चपाईंराख्दा टाउको दुख्ने समस्या हुन सक्छ । यसलाई चुबाउँदा मांसपेशी तन्किने गर्दछन् जसले गर्दा माइग्रेनको समस्या हुन सक्छ ।
दाँतको समस्या: धेरै चुईंगम चपाइरहँदा दाँतसँग जोडिएका समस्या पनि देखिन सक्छ । जसले गर्दा दाँत र बंगारा दुख्ने लगायतको समस्या हुन सक्छ ।
रक्तचापको समस्या: चुईंगमलाई धेरै चपाइरहने क्रममा निलियो भने रक्तचापसँग जोडिएको समस्या निम्तिन सक्छ । त्यसैले यसलाई कम मात्रामा खाने गर्नुहोस् ।
ब्लड सुगर बढ्छ: दिनमा धेरै पटक गुलियो चुईंगम खानाले रगतमा चिनीको मात्रा बढ्न सक्छ । सुगर फ्रि चुईंगमले दाँतलाई हानी गर्दछ ।
जंक फुडको समस्या: दिउँसोको समयमा खानापछि चुईंगम चपाउँदा बिनाकारण भोक नियन्त्रित हुन्छ । जसले गर्दा जंक फुड खाने इच्छा बढ्न सक्छ ।
पेटको समस्या: आवश्यकता भन्दा धेरै चुईंगम चपाउँदा पेटसँग जोडिएका समस्या उत्पन्न हुन सक्छन् । यसले पेट पोल्ने तथा ग्यासको समस्या हुन्छ ।
पखालाको समस्या: चुईंगममा मेथोल तथा सोरिबटाल जस्ता अप्राकृतिक गुलियो पदार्थ हुन्छन् । जसले आन्द्रा तथा पेट पोल्ने जस्तो समस्या हुन्छ जसले गर्दा डायरिया पनि हुन सक्छ ।