30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रिय‘Enough is Enough’ अर्थात ‘अब त अत्ति भो’ आन्दोलन केकालागि ?

‘Enough is Enough’ अर्थात ‘अब त अत्ति भो’ आन्दोलन केकालागि ?

सम्पादकीयः-निलेश अधिकारी
“अब त अत्ति भो !” भन्दै युवा पुस्ताका युवाहरुले सडक तताई रहदा सरकारका केहि ब्यक्तिहरुले गैर जिम्मेवारीपूर्ण अभिब्यक्ति दिदै जसरी हुन्छ युवाहरुको आवाज दवाउन खोजेको जस्तो महसुस आम नागरिकले गर्न थालेका छ्न ! आखिर यो आन्दोलन केकोलागि हो त ? अहिलेका युवा पुस्ताले किन यस्तो आन्दोलनमा सहभागिता जनाई रहेका छ्न, सरकारको के के कुरामा कम्जोरी रहेको छ भनि दुई तिहाईको नेपाल सरकारको ध्यान जानु पर्ने थियो तर गएको जस्तो देखिदैन त्यसमा पनि सरकारले आन्दोलनलाई बार्ताको टेवलबाट छलफलको माध्यमले समाधान गर्नु पर्ने तर नेपाल सरकारका केहि ब्यक्तिले भने गैर जीम्मेवारीपूर्ण अभिब्यक्तिहरु दिदै आन्दोलनलाई अझ चर्काउने कार्य गर्दै आएका छ्न भने सरकारले पनि आन्दोलन दबाउन राजनीतिक रणनीतिक शक्तिको आडमा पुलिस प्रशासनको बलले स्वतस्फुर्त युवा आन्दोलनलाई दवाउन खोजेको जस्तो देखिन्छ !

सरकारको प्राथमिक्तामा कोरोना भाईरस कोभिड १९ संकट समाधान गर्नुको साटो सरकारले अपारदर्शी र गैरजीम्मेवारी गतिविधि र काम गरेको विरुद्ध स्वतस्फूर्त,आम नागरिकस्तरको गैरदलीय शान्तिपूर्ण प्रदर्शन हुदै आईरहेको देखिन्छ । नागरिकहरु महामारिले आहतमा परिरहेको समयमा भैरहेको यस्तो युवा आन्दोलन, भोकसँग लडिरहेका बेला देशको मुल नेतृत्व पङ्ति भ्रम छर्न, झुटो सूचना बाँड्न र एक आर्कामा घृणित दोषारोपण गरेर असली जीम्मेवारिबाट दिनानुदिन पन्छिरहेको स्थितिले युवाबर्गमा निराशा थप्दै गएको आम युवाको भनाई रहेको छ । पछिल्लो केहि दिनमा नै धनगढी, पोखरा, बिराटनगर, सुर्खेत, चितवन, भौरहवा,बुटवल लगायत विभिन्न स्थानमा र काठमाण्डौँ उपत्यकाका दर्जनौँ स्थानमा स्वतस्फूर्त प्रदर्शनहरु भएका छन् । नागरिक आन्दोलनको संसारभरिको अभ्यासहरु जस्तै स्वनियमित र स्वतस्फूर्त आन्दोलनको ढाँचामा प्रदर्शनहरु भैरहेको देखिन्छ । प्रदर्शनले अहिंशा, भौतिक दुरि र सुरक्षित आवागमन जस्ता मुल्यमान्यताको पालना गरेकै जस्तो देखिन्छ।

यस्तो बिसम स्थितिको शान्तिपूर्ण प्रदर्शनमा सरकारका तर्फबाट भएको दमन र प्रहरिले देखाएको गैरजीम्मेवारी, उत्तेजक बनाउदै हानियको पानीको फोहरा, लाठिचार्ज र अश्रुग्यासको प्रयोग गरेको देखिन्छ । संघीय गणतन्त्र नेपालमा हरेक नेपाली नागरिकको शान्तिपूर्वक भेला हुने र वाकस्वतन्त्रता तथा मौलिक हकको सम्मान गर्दै यथाशीध्र वार्ताको माध्यमले समस्या समाधान गर्नु पर्नेमा त्यस्तो कुनै कार्य भएको देखिदैन ।महामारिको यस्तो भयावह स्थितिको बावजुत पनि अति जोखिममा रहेका आम नेपालीहरुको राम्रो कार्यकोलागि युवा वर्गको नेतृत्वमा आन्दोलन भएको युवाहरुको भन्नाई रहेको बुझिन्छ भने उनिहरुका केहि मागहरु रहेको पनि बताईएको छ, जस्मा १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने,कोरेन्टाईन मृत्युशैय्या बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल कोरेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने,मेडिकल क्षमता विस्तार गर्नु पर्ने र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिक‍ो स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने,कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सु स्पष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने,असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर ! जवाफदेहिता कायम गर भनेर आन्दोलनको कारण केलाउँदै विज्ञप्तिमा भनिएको छ भने युवा पुस्ताहरु स्वतस्फूर्त आआफ्नो गाँउ शहर चोक चोकबाट शान्तिपूर्वक, भौतिक दुरि पालना गरेर सरकारलाई दवाब दिदै जवाफदेही बनाउने अभियानमा सहभागिता बड़दै गएको देखिन्छ भने सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आएको अवस्था छैन !
माजिक सञ्जालको फेशबुक ग्रुपबाट सुरु भएको यो स्वतन्त्र आन्दोलन हो ‘Enough is Enough’ अर्थात ‘अब त अत्ति भो’ नामको ग्रुपबाट शुरु भएको आन्दोलन देशभरी फैलिएपछि आन्दोलनका शुरुवातकर्ताहरुले एक्केबद्धता व्यक्त गरेको देखिन्छ भने विज्ञप्ति जारी गर्दै नाम खुलाउन नचाहने आन्दोलन कर्ताका संयोजनकर्ताहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै, ‘देश भरी भएका शान्तीपूर्ण प्रदर्शनमा एक्केबद्ता जनाउँदै ,प्रहरी दमनको धोर विरोध गरेका छ्न।आन्दोलनकारिका तर्फबाट नागरिकका हैसियतमा आफ्नै ठाँउमा सरकारलाई जवाफदेही बनाउन आव्हान पनि गरिएको छ । भने एन पी अनलाईन टि भीका माध्यमबाट पनि सरकारको ध्यान आर्कषित होस र देश र जनतालाई ठुलो नोक्सानी हुनबाट जोगाईयोस भन्ने धारणा ब्यक्त गर्दछौं !


एनपी अनलाईन टीभी -रेशव खतिवडा-(फोटो)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments