24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeअन्तरराष्ट्रियनक्कली शरणार्थी प्रकरण : बादलका छोराले भने-‘मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु’

नक्कली शरणार्थी प्रकरण : बादलका छोराले भने-‘मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु’

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दावी गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको नाममा पक्राउ पुर्जी जारी भएपछि त्यसको खण्डन गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको बताएका हुन्।बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै उनले आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको आरोप समेत लगाएका छन्।

प्रेस विज्ञप्तिमा भनिएको छ -‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु। तर,संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायलयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारिपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुईजनाले उजुरी दिएको आधारमा उनीहरू प्रक्राउ परेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीकको संलग्न देखिएपछि पक्राउ पुर्जी जारी भएको छ। नक्‍कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments