20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeविविध२० जना नेपाली युवाहरूको मुख्य नेतृत्योमा ‘अनलाइन सेफ्टी बाई फ्रेन्डभर्सिटी’को स्थापना

२० जना नेपाली युवाहरूको मुख्य नेतृत्योमा ‘अनलाइन सेफ्टी बाई फ्रेन्डभर्सिटी’को स्थापना

"In the leadership of 20 Nepali youths, the establishment of 'Online Safety by Friends University'."


२० जना नेपाली युवाहरूको मुख्य नेतृत्योमा ‘अनलाइन सेफ्टी बाई फ्रेन्डभर्सिटी’को स्थापना गरेका छन । उनिहरुले आफ्ना साथीहरूका लागि सुरु गरेको अनलाइन सुरक्षा विश्वविद्यालयलाई तपाईं के भन्नुहुन्छ? फ्रेन्डभर्सिटी!
‘अनलाइन सेफ्टी बाई फ्रेन्डभर्सिटी’ लाई नमस्ते भन्नुहोस्, यो अभियान नेपालका युवाहरूले सुरक्षित अनलाइन व्यवहारका बारेमा जनचेतना फैलाउन, सिक्नका लागि समर्थन सञ्जाल सिर्जना गर्न सुरु र नेतृतो गरेको हो ।
आफ्ना साथीहरुबीच अनलाइन सुरक्षाको जनचेतना फैलाउन, साझेदारी गर्न र सहायता पु¥याउन नेपालका युवाहरुले ‘अनलाइन सेफ्टी बाइ फ्रेन्डभर्सिटी’ अर्थात ‘अनलाइन सुरक्षाका लागि मित्रताको विश्वविद्यालय’ अभियान थालेका छन् । यो अभियानले फेसबुक, इन्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल, अनलाइन प्लाटफर्महरुको सुरक्षित तवरले प्रयोगका लागि प्रोत्साहन गर्छ । अनलाइन माध्यमबाट हिंसा, दुव्र्यवहार, शोषणमा परेका साथीलाई सम्झाइबुझाइ गर्न र कानुनी उपचार खोज्न उनैका साथीहरुले नै सहायता पु¥याउने सञ्जाल हो ।
युवाहरुले नेतृत्व गर्ने यो अभियानमा विद्यालय तहदेखि स्नातक दोस्रो बर्ष अध्ययनरत बालबालिका, किशोरकिशोरी र युवाहरु समावेश छन् । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा ‘अनलाइन सुरक्षा क्लब’ हरु गठन गरिएको छ । उनीहरुलाई अनलाइन सुरक्षाका विज्ञहरुले ४५ मिनेट बराबरको कक्षाहरु सञ्चालन गरेका छन् । ‘यसबाट बालबालिका, युवाहरुलाई सुरक्षित तरिकाले इन्टरनेट प्रयोग गर्न, आफुमाथि हुने हिंसा, दुव्र्यवहार पहिचान र समाधान गर्न सहयोग पुगेको पायौ, हिंसा, दुव्र्यवहार भनेको शारिरीक छुवाइले मात्रै हुन्छ भन्ने थियो, अभियानले शिक्षकहरुलाई सचेत गराएको छ,’ अभियानमा संलग्न मध्येकी विनिता ओलीले भनिन् । ‘बालबालिका, युवाहरु आफुलाई परेको समस्याबारे साथीहरु बीचमा जसरी खुल्छन्, अभिभावक, शिक्षकसंग भन्न सक्दैन रहेछन्, यस्ता अभियानहरु देशभरी नै एकदमै आवश्यक छ,’ अर्का अनुप चौधरीले भने ।
अनलाइन सेफ्टी बाइ फ्रेन्डभर्सिटी’ अभियानमा २० युवाहरुले मुख्य नेतृत्व गरेका छन् । यही नामको फेसबुक पेज खोलेका छन् । यसमा सुरक्षित पासवर्ड कसरी राख्ने, गोपनियता कायम, अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार र शोषणका सामाग्रीबारे सचेतनामुलक जानकारीहरु साझा गर्छन् । अन्तरराष्ट्रिय युवा दिवस (अगस्ट १२) को अवसरमा सुरु भएको यो अभियानबारे सबैखाले उमेर समुहका तीन हजार बढि फेसबुक खाताहरुमा जानकारी पुगेको छ । यो अभियानमा ८० भन्दा बढि युवाहरु जोडिएका छन् । अभियानबारे १० हजार बढि फेसबुक खाताहरुमा जानकारी पुग्ने र २०० बढि युवाहरु सामेल हुने लक्ष्य राखेका छन् । बालबालिकाका लागि सिविन नेपाल, कानुनी अनुसन्धान तथा स्रोत विकास केन्द्र र सामाजिक सेवा तथा मानव अधिकारका लागि महिला युवा शसक्तिकरण संस्थाले कार्यान्वयन गरिरहेको ‘बालबालिका र उनीहरुको अनलाइन अधिकारका लागि सुरक्षा’ (स्क्रोल) कार्यक्रम मार्फत यो अभियान सञ्चालन हो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments