24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeमनोरञ्जनचलचित्रप्रिमियरमा ‘ज्याकी आई एम ट्वान्टी वान’लाई सकारात्मक प्रतिक्रिया

प्रिमियरमा ‘ज्याकी आई एम ट्वान्टी वान’लाई सकारात्मक प्रतिक्रिया

डान्स डझामामा आधारित फिल्म ज्याकीः आई एम ट्वाइन्टी वान रिलिजको पूर्वसन्ध्या पारेर मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा यसको प्रिमियर शो आयोजना गरिएको छ।

फिल्मकर्मीको उत्साहजनक सहभागितामा आयोजित प्रिमियर शोमा उनीहरुले फिल्मको प्रशंसा गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म पूर्णूपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको जनाउँदै यो स्तरको फिल्म बन्नु आफंैमा सुखद भएको बताए। नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि फिल्मको खुलेरै तारिफ गरे। नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै उनीहरुले निर्देशकको काम, कलाकारको काम र प्राविधिकहरुको मिहिनेतको तारिफ गरे।

रेनशा वान्तवा राइको निर्देशनमा धीरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गरेको फिल्मले एउटा २१ वर्षको युवाको डान्सर बन्ने सपनाको कथा भन्छ। आज बिहीबार अल नेपाल रिलिज हुने फिल्मले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको निर्देशक रेनाशाको भनाइ छ। नायिका जसिता गुरुङ फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन्। नायक धिरजले फिल्मका लागि गरेको तीन वर्षको मिहिनेतले सुखद प्रतिक्रिया पाउँदा खुसी लागेको बताए।

दुई घन्टा २० मिनेटको फिल्मले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको प्रतिक्रिया निर्देशक प्रदीप भद्मराईको छ। नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ। तर, रेनशा राई रानाले यो टझेन्डलाई भत्काइदिनु भएको छ। अब, फिल्म बनाउने मेकरका लागि पनि नयाँ बाटो यो फिल्मले खोलिदिएको छु भद्मराईको भनाइ थियो। नायिका प्रियंका कार्कीले फिल्म हेरेर आनन्द आएको बताइन्। नेपाली फिल्म क्षेत्रको पहिलो डान्स डझामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको नायिका शिल्पा मास्केको प्रतिक्रिया छ। नायिका आना शर्माले फिल्म हेरेर आफूले पूर्णरुपमा मनोरञ्जन लिएको बताइन्। त्यसैगरी, फिल्म हेर्न वान सिनेमाज् पुगेका अधिकांश फिल्मीकर्मीले नेपाली फिल्मको स्तर माथि पुगेको भन्दै खुसी व्यक्त गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments