July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

झापामा पहिचान पक्षधरको शक्ति प्रदर्शन,पन्ध्र सय एक जनाको युवा दस्ता गठन

२०८० भाद्र ३१, आईतवार ११:४४

95

काठमाडौंः प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पन्ध्र सय एक जनाको पहिचानको लागि युवा दस्ता गठन गरेको छ । कोशी नाम खारेजीको आन्दोलनलाई थप सशक्त बनाउनका लागि शनिबार झापाको बिर्तामोडस्थित सिटी सभाहलमा एक कार्यक्रमको आयोजना गरी सामी पालुङवाको संयोजकत्वमा सह संयोजक सुमन सम्बाहाम्फे,कर्ण राजवंशी र सदस्य सचिव गौरिमान राई रहने गरी पन्ध्र सय एक सदस्यीय युवा दस्ताको घोषणा गरिएको हो ।

कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताछो , किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुहाङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियानका अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ ,आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जीरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा ,नागरिक उन्मुक्ति पार्टी एकीकृत महासचिव दिल कुमार लाओती, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव केदार धिमाल लगायतको उपस्थिति रहेको थियोे ।

हजारौंको उपस्थितिमा र्‍यालीसहित (कोशी नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद) जस्ता नाराबाजी गर्दै युवा दस्ताले बिर्तामोड बजार मार्चपास सहित परिक्रमा गर्दै कोणसभा कार्यक्रम गरिएको थियो । उक्त नवगठित समितिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सफल बनाउने उद्देश्यका साथ व्यवस्थित र सशक्त आन्दोलन गर्नका लागि स्वयंसेवकको भूमिका निर्वाह गर्ने जनाएको छ ।

२०७९ फाल्गुन १७ गते तत्कालिन मुख्यमन्त्री एमालेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले ८२ जना सांसदको हस्ताक्षरसहित प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरहरुले उक्त नाम खारेज गरि पहिचान र ऐतिहासिक सभ्यताको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन्। । गत चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शनमा प्रहरीसंग झडप हुँदा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरिसकेका छन् भने सयौं जना घाइते भएका छन् । त्यस्तै दर्जनौं आन्दोलनकारीहरुले झुठा मुद्धासमेत खेपिरहेका छन् ।