June 5, 2024, Wednesday
२०८१ जेष्ठ २४Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

२०८१ जेष्ठ १, मंगलवार १३:५०

30

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज (जेठ १) बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ ।

मन्त्रिपरिषद बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको छ । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।