July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

अनेरास्ववियु आदिवासी जनजाति विद्यार्थी समन्वय कमिटीको प्रथम सम्मेलन सम्पन्न

२०८० आश्विन २०, शनिबार २१:३३

110

काठमाडौंः अनेरास्ववियु आदिवासी जनजाती विद्यार्थी समन्वय कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौंको शंकरदेव क्याम्पसको सभा हलमा उक्त सम्मेलन सम्पन्न भएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विद्यार्थी समन्वय कमिटीको सह -इन्चार्ज विश्व राज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडाल प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै सम्मेलन कार्यक्रमको विशिष्टमा अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी महासचिव नरेश रोकाया,लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,नेपालको उपमहासचिव देवराज राई र अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष संगम अर्याल रहेका थिए । अतिथिहरुमा स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख आकाश घर्ती मगर,स्थायी कमिटी सदस्य एवं प्रशिक्षण विभाग प्रमुख आशिष तुम्बाहाम्फे, स्थायी कमिटी सदस्य एवं शैक्षिक विभाग प्रमुख गोविन्द थपलिया र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यहरु बिहानी पंगेनी,सौरवि सुनुवार,रोशनी तामाङ,लोकेन्द्र राना,रोहित राना र अनेरास्ववियु अनुशासन आयोग सदस्य विशाल पराजुली रहेका थिए । साथै विभिन्न क्याम्पस कमिटीका अध्यक्ष र विभिन्न क्याम्पस कमिटीका आदिवासी जनजाति विद्यार्थी प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु आदिवासी जनजाति विद्यार्थी समन्वय कमिटीको प्रथम सम्मेलनले राजन दगाली मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा अन्य ६ पदाधिकारीसहित २२ सदस्यीय समन्वय कमिटीको निर्वाचित गरिएको छ । जस अनुसार उपाध्यक्षमा क्रमशः राजाराम गुरुङ र प्रचण्ड शक्ति गुरुङ, सचिवमा सुरज प्रताप रानामगर,सह–सचिवमा सन्ज्योती नेम्बाङ र साजन राई,कोषाध्यक्षमा युगेस लामा र सदस्यहरुमा उमेश लामा,पासाङ स्याङबो,सबिन मगर,नरेन्द्र थिङ, दिया मगर,मेनुका मगर,वर्षा राई,सवि राना मगर,सरोज श्रेष्ठ,सजिन महर्जन,सलिना श्रेष्ठ,हिसिला श्रेष्ठ,कुसुम वाइबा,गंगा किवानाया र विक्रम राई रहेका छन् ।