July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

राज्यले तामाङको तागतलाई अवमूल्यन गरिरहेको छः डा. गणेश योञ्जन

२०८० मंसिर २५, सोमबार १८:१४

120

काठमाडौंः तामसालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष एवं पूर्व राजदुतसमेत रहेका डा. गणेश योञ्जनले राज्यले तामाङको तागतलाई अवमूल्यन गरिरहेको बताएका छन् । सोमबार काठमाडौंंमा भएको ‘तामाङ, तामसालिङ र आगामी कार्यक्रम’ सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दैै डा. योञ्जनले यस्तो बताएका हुन् ।

नेपाल तामाङ घेदुङको समन्वय तथा तामसालिङ संयुक्त संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा डा. योञ्जनले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्ति प्रकरणलाई जोड्दै, दशौं हजारको शक्ति प्रदर्शन गर्दासमेत राज्यले कानमा तेल हालेर बसेर तामाङहरुको शक्ति र तागतलाई अवमूल्यन गरेको उनको भनाइ थियो । ‘भगवती पाण्डेले तामाङ र मगर समुदायमाथि अपमानित ढंगले बोल्यो, त्यसकोविरुद्ध हजारौं तामाङहरुले माइतिघरदेखि बानेश्वरसम्म आफ्नो आवाज उठायो तर, राज्य कानमा तेल हालेर बस्यो, यसरी हाम्रो तागतलाई अवमूल्यन गरिराखेका छन् ।’ त्यस्तै उनले राज्यले अवमूल्यन गरेको उक्त शक्ति र तागतलाई अब तामाङहरुले उजागर गरेर देखाउनुपर्ने पनि बताएका थिए ।

नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गोलेले तामाङहरुको इतिहास, तामसालिङ आन्दोलनको औचित्य र आगामी कार्यक्रम लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए भने घेदुङका उपाध्यक्ष सञ्चुु ब्लोन तामाङले सञ्चालन गरेका थिए ।