July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

निषेधित क्षेत्र बढाएकोविरुद्ध बृहत् नागरिक आन्दोलनले विरोध मार्च गर्ने

२०८० मंसिर २८, बिहीबार १३:१९

115

काठमाडौंः सरकारले निषेधित क्षेत्रहरु बढाउँदै लैजाने कदमकोविरुद्धमा बृहत् नागरिक आन्दोलनले ‘नागरिक सर्वोच्चताका लागि विरोध मार्च’ कार्यक्रम गर्ने भएको छ । उक्त विरोध मार्च मंसिर २९ गते शुक्रबार दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु हुने जनाएको छ । बुधबार बृहत नागरिक आन्दोलनको फेसबुक पेजमार्फत एक पर्चा जारी गर्दै उक्त जानकारीसहितको आह्वान गरिएको हो ।

विरोध मार्च कार्यक्रमबारे बृहत् नागरिक आन्दोलनले जारी गरेको पर्चामा यस्तो लेखिएको छः

राज्यलाई खबरदारी गर्न नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई संकुचित गर्दै लैजानु लोकतन्त्र माथि खतराको सङ्केत हो । खुलामञ्च, माइतीघर र शान्तिवाटिका हाल नागरिक आवाज मुखरित गर्ने स्थलहरू हुन्। यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार हो । सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको छ। यो निरङ्कुश राज्यको चरित्र हो ।
दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ । सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध स्वरूप निषेधित क्षेत्र तोडेर नागरिक सर्वोच्चता कायम गर्न विरोध मार्चमा सहभागी बनौं।