July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिइन् डाक्टर

२०८० चैत्र १६, शुक्रबार ११:४९

380

१६ चैत, काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।