July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आयरल्यान्ड ‘ए’सँग हार्‍यो नेपाल ‘ए’

२०८० चैत्र १६, शुक्रबार १८:०९

145

नेपाल ए २१ रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको टी-२० शृंखलाको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित भएको हो।

लोकेश बम र आरिफ शेखले उत्कृष्ट पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याए पनि अन्तिमका ६ खेलाडीको ब्याट नचल्दा नेपाल पराजित भएको हो। अन्तिम ६ जना खेलाडीले ६ रन मात्र बनाएका थिए।

किरन ठगुन्ना २, बासिर अहमद ३ र सागर ढकाल १ रन बनाउँदा रासिद खान, कम ऐरी र हेमन्त धामी शून्य रनमै आउट भए।

त्यसअघि लोकेश र आरिफले ४६ बलमा १२१ रनको उत्कृष्ट पारी खेलेका थिए। लोकेश बम शतकसहित १०६ रनमा आउट हुँदा आरिफ ४९ रनमा आउट भए। त्यस्तै कप्तान विनोद भण्डारीले १६ र अर्जुन घर्तीले ३ रन बनाउँदा देव खनाल शून्य रनमै आउट भएका थिए।