July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

२०८० चैत्र १७, शनिबार १३:२६

90

त्रिशूली नदीमा  ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकहरुको परिचय हालसम्म नखुलेको र  ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ।

शनिबार बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ । रासस