July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

नेपाल-ए टिमले आज आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम टी-ट्वेन्टी खेल्दै

२०८० चैत्र १९, सोमबार ०९:१३

105

नेपाल ए टिमले आज आयरल्यान्ड उल्भ्सविरुद्ध तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल खेल्दै छ । टियु क्रिकेट मैदानमा हुने खेल एक बजे सुरु हुनेछ ।

घरेलु टोलीले यसअघिनै सिरिज गुमाइसकेको छ । त्यसैले आज नेपाल आयरल्यान्डलाई क्लिन स्विप गर्न बाट रोक्ने प्रयासमा हुनेछ । नेपाल पहिलो खेलमा २१ र दोस्रो खेलमा  ४० रनले पराजित भएको थियो । दुवै खेलमा नेपाल जित नजिक पुगेपनि फिनिस गर्न चुक्यो  ।

आजको खेलमा मिडिल अर्डर र तल्लो क्रमका ब्याटर बाट उत्कृष्ट  प्रदर्शनको अपेक्षा गरिएको छ । डेथ ओभरमा पनि नेपालले सुधार गर्नु पर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल दुई खेलको हारमा ब्रेक लगाउँदै टी-ट्वेन्टी सिरिज टुंग्याउने लक्ष्यमा छ ।

आयरल्यान्ड भने लगातार तेस्रो खेल जित्न चाहन्छ । आज मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले बेन्चमा रहेका खेलाडीलाइ मौका दिन सक्ने सम्भावना उच्च छ । नेपाल ए र आयरल्यान्डस उल्भस बीच तीन खेलको एक दिवसीय सिरिज खेल्ने तालिका छ ।