July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

२०८० चैत्र २०, मंगलवार १०:५६

215

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरुले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा वन तथा वातावरणमन्त्री नवलकिशोर साह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै आजै कानुनमन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयक-२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।