May 14, 2025, Wednesday
२०८२ जेष्ठ १Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

खाद्यान्न सामग्री पाएपछि धादिङ र गोरखाका स्थानीयलाई रमजान मनाउन सहज

२०८० चैत्र २१, बुधबार १४:१२

480

मुस्लिमको महान् पर्व रमजान चलिरहेको छ । तामझामसँग मुस्लिम धर्मावलम्बीले यो पर्व मनाइरहेका छन् । रमजानका बेला दिनभरि रोजा बस्ने गरेका कारण कुनै पनि काम गर्न नसक्नु लगायतका कारणले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको गोरखा जिल्लाको गण्डकी तथा बेनिघाट रोराङ गाउँपालिका धादिङ जिल्लाका केही मुस्लिम समुदायका सदस्यले बताए । उहाँहरु त उदाहरण मात्र हुन ।

गोरखाको गण्डकी तथा धादिङको बेनिघाट रोराङ गाउँपालिका जम्मा ८० परिवारलाई रमजान खाद्यान्न प्याकेज सहयोग गरेपछि अहिले उनीहरुलाई पर्व मनाउनका लागि सहज भएको छ ।

हेल्पिङ हार्ट नेपाल [Helping heart Nepal HHN] नामक संस्थाको आर्थिक सहयोगमा ८० परिवारलाई रमदान खाद्यान्न प्याकेज वितरण गरिएको आयोजक संस्थाका जिया खानले बताए । आर्थिक अबस्था कमजोर भएका , दैनिक ज्याला मजदुरी गरी खाने परीवार,एकल महीला, अपाङ्घता भएका महीला तथा बालबालीका,जोखीममा परेका बालबालीकालाई छनोट गरेर खाधान्न सामग्री बितरण गरिएको हो। खाधन्न अन्तर्गत प्रति परिवार २५ केजि चामल दाल, तेल , नुन, चिनी , आटा ,चिउरा गरी जम्मा रु ३ लाख ५० हजार बराबरको समाग्री हस्तान्तरण गरेको हेल्पिङ हार्ट नेपाल (HHN ) को सल्लाहकार हसिना खानले जानकारी दिनुभयो