July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सहकारीमा २३ लाख डुबेको छ, बरु उठाइदिनेलाई म अलिअलि दिन्थेंः मन्त्री अर्याल

२०८० चैत्र २४, शनिबार १६:४४

95

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एकरदुई लाख इनाम दिने घोषणा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका मन्त्री अर्यालले श्निबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।

उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।