September 17, 2024, Tuesday
२०८१ आश्विन १Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

२०८० चैत्र २४, शनिबार १६:५८

165

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभयो । सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर० र जुगल दोस्रो ९६ हजार पाँच सय १८ मिटर) अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गर्नुभयो । उहाँले यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । जुगल हिमाल आरोहणबाट पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पछिल्लो पटक राष्ट्रसङ्घको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र सो अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिनुभएको स्मरण गर्नुभयो । उहाँले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई योङ, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेपाल पवर्तरोहण सङ्घका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायतको उपस्थिति थियो । रासस