July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

२०८० चैत्र २४, शनिबार १७:०२

185

विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवतजावत पूर्णरुपमा बन्द गरिएको छ । झण्डै ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुँडिएकाले पुलबाट आवतजावत बन्द गरेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गएको पुस महिनाको पहिलो हप्ता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे गाडीलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो ।

विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको यो पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । पुललाई जतिसक्दो छिटो मर्मत गरी सञ्चालनमा ल्याउने मेयर श्रेष्ठले बताउनुभयो । रासस