June 13, 2024, Thursday
२०८१ जेष्ठ ३१Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सडकमा अनियन्त्रित भई ट्रक पल्टिँदा दुई जना घाइते

२०८० चैत्र २४, शनिबार २१:१३

45

नारायणगढ-मुग्लिन सडक सडकमा अनियन्त्रित भई ट्रक पल्टिँदा दुई जना घाइते भएका छन् । चितवनको इच्छाकामना ६ स्थित पाँच किलोमा आज (शनिबार) दिउँस ग २ ख ८९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा चालक र सहचालक घाइते भएका हुन् ।

घाइते हुनेमा चालक मध्यविन्दु नगरपालिका १५ चोरमाका ३५ बर्षिया हरिनारायण महत्तो, र सहचालक मध्यवन्दि नगरपालिका ६ बस्ने २६ बर्षका टेकनारायण थापा रहेका छन् । चालक महतोको शरिका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

सहचालक थापाको अवस्था भने मध्यम रहेको छ । उनीहरु दुई जनाकै उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गर्दा ढुङगा बोकेको लोड ट्रकको अगाडीको टायर पड्कन पुग्दा अनियन्त्रित भएर कलर्भटमा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।